६ बैशाख २०८१, बिहीबार
Follow Us

विद्यालयको छात्रबासमा आतङ्ककारी आक्रमण

नेपालब्रिटेन डट कम्
१५ मंसिर २०७४, शुक्रबार १०:२४

इस्लामाबाद । पाकिस्तानको दक्षिणपश्चिमी सहर पेशावरमा शुक्रबार बिहान विद्यालयको छात्रवासमा एक आतङ्ककारी आक्रमण भएको छ । यस आक्रमणमा परी कम्तीमा नौ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३५ जना घाइते भएका उर्दृ टेलिभिजन च्यानल एआरवाईले जानकारी दिएको छ ।
पेशावरमा रहेको एग्रीकल्चर युनिभरसिटीको छात्रवासमा अज्ञात व्यक्तिले बन्दुक हमला गरेका थिए । त्यहाँ रहेका कर्मचारी र विद्यार्थी मारिएका हुन् । उनीहरुमाथि भएको सो आक्रमणबाट केही विद्यार्थी र कर्मचारी मारिएका हुन् ।
यस आक्रमणमा मारिएका व्यक्तिको शवलाई पेसावरस्थित हयाताबाद मेडिकल कम्प्लेस र सैवेर टिचिङ्ग हस्पिटलमा ल्याइएको पुष्टि भएको छ । यसैबीच प्राप्त पछिल्लो एक समाचारअनुसार यस आक्रमणको पाकिस्तानी आतङ्ककारी समूह, तेहरिक इ तालिबानले जिम्मेवारी पनि लिएको छ । सो जानकारी डन न्युजले अपरान्ह दिएको समाचारमा जनाइएको छ ।