१४ बैशाख २०८१, शुक्रबार
Follow Us

उम्मेदवारलाई लक्ष्य गरी बम विस्फोट

नेपालब्रिटेन डट कम्
१५ मंसिर २०७४, शुक्रबार १४:२८

कपिलवस्तु । सिद्धराज नगरपालिका¬–९ भगवानपुरमा नयाँ शक्ति पार्टीबाट प्रतिनिधिसभा क्षेत्र नं ३ का उम्मेदवार इलियास सुलसमान चढेको गाडीलाई लक्ष्य गरी अज्ञात समूहले आज अपराह्न बम विस्फोट गराएको छ । विस्फोटका कारण सुलसमान चढेको एमए४३ए ८३०० नंको भारतीय जिपमा सामान्य क्षति भएको छ । विस्फोटबाट उहाँ सकुशल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विस्फोटबाट जीपको झ्यालका सिसा फुटेको र टायरमा क्षति भएको प्रहरी नायब उपरीक्षक प्रह्लाद अधिकारीले बताउनुभयो ।
घटनास्थल र विस्फोटबारे नेपाली सेनाबाट थप अनुसन्धान भइरहेको जनाइएको छ । निर्वाचन अवधिभर थप घटना हुन सक्ने भएकाले सो क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई सघन रुपमा परिचालन गरिएको प्रजिअ मदन भुजेलले बताउनुभयो ।