७ बैशाख २०८१, शुक्रबार
Follow Us

१ नम्बर प्रदेशबाट कांग्रेसले २० सिट जित्छ : विश्वकर्मा

नेपालब्रिटेन डट कम्
१५ मंसिर २०७४, शुक्रबार १४:३०

झापा । वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले आगामी निर्वाचनमा नेपाली काँग्रेसले प्रदेश नं १ का २८ मध्ये २० सीटमा विजयी हुने दाबी गर्नुभएको छ । मोरङको उर्लाबारीमा आज काँग्रेस नगर समितिले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दैै उहाँले वाम गठबन्धनका कारण काँग्रेसलाई कुनै असर नपर्ने बताउनुभयो ।
देशको आर्थिक र सामाजिक विकासमा काँग्रेसको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै उहाँले विकास निर्माण, सडक कालोपत्रे, गरिबी उन्मूलन र सञ्चार क्षेत्रमा भएका परिवर्तन पनि काँग्रेस नेतृत्वकै सरकारले गरेको दाबी गर्नुभयो । सो अवसरमा राप्रपा उर्लाबारीका पूर्व नगर अध्यक्ष लोकबहादुर कट्वाल, नगर उपाध्यक्ष तथा महाधिवेशन प्रतिनिधि विमल निरौला, उपाध्यक्ष जीवन पोमु, महाधिवेशन प्रतिनिधि रामजी थापालगायत काँग्रेस प्रवेश गर्नुभएको थियो ।