१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायती राजकुमार ह्यारी र मेघानको पहिलो औपचारिक भ्रमण

नेपालब्रिटेन डट कम्
१६ मंसिर २०७४, शनिबार ०५:४०

लण्डन । मगनी (इङ्गेजमेण्ट) गरेको केही दिनपछि मात्रै बेलायतका राजकुमार ह्यारी र उहाँकी अमेरिकी महिला साथी मेघान मर्केलले शुक्रबार पहिलो औपचारिक शाही भ्रमण गर्नु भएको छ ।
उहाँहरुले रमाइलो स्वागत भोजसहित शुक्रबार बेलायती शहर नोटिङघमको भ्रमण गर्नुभएको समाचारमा जनाइएको छ । महारानी एलिजावेथका नाती ह्यारीले अमेरिकी नायिकासमेत रहेकी मर्केलसँग केही महिना अगाडी देखि प्रेम सम्वन्ध गाँस्नुभएको थियो ।
राजकुमार ह्यारीको जोडीले नोटिङघममा विश्व एड्स दिवसको अवसर पारेर आयोजना गरिएको मेलाको पनि अवलोकन गर्नुभएको थियो । उहाँहरुले एचआईभी एड्स विरुद्धका अभियानमा लागिरहेका अभियन्ताहरूलाई पनि भेटेर हौसला प्रदान गर्नुभएको थियो । उहाँका समर्थकहरूले बेलाबेलामा ह्यारी र मेघानको सम्मानमा नाम लिएर नारा लगाएका थिए । राजकुमार ह्यारी र अमेरिकी नायिका मेघानले अर्को बर्ष विबाह गर्ने तयारी गर्नुभएको छ ।