१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बारामा दम्पतीको हत्या

नेपालब्रिटेन डट कम्
१६ मंसिर २०७४, शनिबार ०५:४४

बारा । जितपुर सिमरा उपमहानगरपालिका– ३ बजनीमा गाई फार्म सञ्चालक दम्पतीको हत्या गरिएको छ । सुवेदी गाई फार्मका सञ्चालक ३६ वर्षीय दीपक सुवेदी र उनकी श्रीमती ३२ वर्षीया दीपिका सुवेदीको हत्या भएको हो । आज बिहान प्रहरीले सुवेदी दम्पत्तिको शव फेला पारेको हो ।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्टका अनुसार दीपकको शव फार्म नजिकैको खेतमा तथा दीपिकाको शव मार्फभित्र फेला परेको हो । घटनास्थलमा हतौडा, छड र बाँसको चिरपट फेला परेको छ । गएराति नै सुवेदी दम्पतीको हत्या गरिएको हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।