बैंकको पाँच करोड रकम हिनामिना गर्ने पक्राउ

  १६ मंसिर २०७४, शनिबार १३:५२ मा प्रकाशित

काठमाडौं । कृषि विकास बैंकको रकम हिनामिनामा संलग्न भएको आरोपमा तीन जनालाई प्रहरीले पक्रेको छ । बैंकको न्यूरोड शाखाको झण्डै पाँच करोड रकम हिनामिना गरेको अभियोगमा बैंककै कर्मचारी सहायक टेलर दिपिका रेग्मीसहित तीन जनालाई प्रहरीले पक्रेको हो ।
पक्राउ पर्नेमा रेग्मीसँगै बालाजुका प्रकाश घतानी र दोलखा घर भई काठमाडौं ३२ मा बस्ने रेमशकुमार थापा भएको केन्द्रीय अनुसन्धान ब्यूरो, सीआईबी प्रमुख पुष्कर कार्कीले जानकारी दिए । रकम हिनामिनामा भने रेग्मीको मूख्य संलग्नता पाइएको उनको भनाइ छ । सीआईबीमा महिला कक्ष नभएकाले रेग्मीलाई सोह्रखुट्टे प्रहरी कार्यालयमा पठाइएको कार्कीले जानकारी दिए ।

प्रतिक्रिया