६ बैशाख २०८१, बिहीबार
Follow Us

नेपाली खाना, मेरो मन पर्ने खाना हो

नेपालब्रिटेन डट कम
१६ मंसिर २०७४, शनिबार १७:४१

न्यूयोर्कको कुइन्स काउन्टि, अमेरिकामा सबैभन्दा धेरै नेपाली बसोबास गर्ने क्षेत्र हो । याहाँको ज्याक्सन हाइटस् एरियामा प्रसस्त नेपाली व्यवसाय देख्न सकिन्छ जसलाइ अमेरिकामा मिनिनेपाल पनि भनिन्छ । सोही क्षेत्रलाइ प्रतिनिधित्व गर्नुहुने न्यूयोर्क राज्यका सिनेटर होजे  पेरल्टासंग पत्रकार किरण मरहठ्ठाले विविधतामा एकताले भरिएको अमेरिकी समाज र त्यसमा नेपालीको सरोकारका बारेमा कुराकानि गर्नुभएको थियो । प्रस्तुत छ सो कुराकानिको सार ।
तपाइले प्रतिनीधित्व गर्नुहुने न्यूयोर्कको क्षेत्र नम्बर १३ अमेरिकामा सबैभन्दा धेरै नेपालीको आवादी भएको क्षेत्र हो । नेपाली मात्र नभै, भारतिय, बंगाली, ल्याटिनो, कोरियन र चाइनिजहरुको पनि बक्लो उपस्थिति यो जिल्लामा रहेको छ । तपाइ आफ्नो जिल्लाको विविधतालाइ कसरि व्याख्या गर्न चाहनु हुन्छ ?
म यसलाइ संयुक्त राष्ट्र संघकै स्वरुप मान्दछु । वास्तवमा यो राष्ट्र संघ जस्तै संसारका धेरै देशका मानिसहरुको साझा थलो भएको छ जो विश्वको जुनसुकै कुनाबाट आएर बसेका भएता पनि यो क्षेत्रलाइ आफ्नो घर मान्दछन् । विविधताले हामीलाइ बल दिएको छ । म यो जिल्लालाइ प्रतिनिधित्व गर्न पाएकोमा गर्व गर्दछु । विश्वका अन्य भूभागमा बेमेल भएका समुदायका मानिसहरु पनि याहाँ मिलेर बसेका छन् । हामीले एक अर्कालाइ सम्मान गर्ने हुनाले नै यो सम्भव भएको हो । याहाँ सबैको आधारभूत आवश्यकता र प्राथमिकताहरु छन् । हामी सबै रोजगार, गुणस्तरिय शिक्षा, स्वास्थ्य सेवा, आफ्नो घर र बालबालिकाको उज्वल भविश्य चाहन्छौँ । जव हामी एकै समुदायको रुपमा बाचेका हुन्छौँ तव मात्र यो सम्भव हुन्छ जुन मेरो क्षेत्रमा भैरहेको छ ।

संसारका फरक जातजाति, भाषा, संस्कृती र भूगोलका मानिसलाइ संयोजन गर्नु तपाइको लागी पनि ज्यादै चुनौतीपुर्ण काम हो । यस सन्दर्भमा, उनिहरुको मौलिक पहिचानलाइ संरक्षण गर्ने तपाइको योजनाहरु के के छन् ?
सबैभन्दा पहिला हामीले उनिहरुको संस्कृतीको पहिचान गर्नु पर्दछ । उनिहरुको आफ्नो आदिथलोमा कस्तो सामाजिक आर्थिक र संस्कृतीक अभ्यासमा थिए र याहाँ के अपेक्षा गर्दछन् भन्ने बुझ्नु अति जरुरी छ । त्यसको लागी मिडिया, पुस्तक, सिनेमा, खाना वा व्यक्तिगत संम्पर्क मार्फत जानकारि लिन सकिन्छ । तर मुख्य कुरो उनिहरु यो देशमा गुणस्तरिय जिवन बाँच्न आएका हुन्, उनीहरु अमेरिकन ड्रिम साकार पार्न चाहन्छन् भन्ने कुरा आधारभूत रुपमा बुझ्नु पर्दछ । तसर्थ हामीले उनिहरुको राम्रो जिवनको लागी काम गर्नुपर्छ । उनिहरुलाइ साना व्यवसायमा सहयोग गर्नु, सरसफाइमा ध्यान दिनु, उनिहरुका बालबालिका राम्रो स्कुलमा पढिरहेका छन् भन्ने भरोसा दिलाउनु पर्छ साथै उनिहरु माथि कुनै प्रकारको अन्याय, असुरक्षा र विभेद हुदैन भन्ने विश्वास दिलाउनु नै हाम्रो प्रमुख कतव्र्य हो । हाम्रो संघिय प्रसाशनको धारा ४५ ले यो बारेमा धेरै बोलेको छ । यदि कसैले विभेद गर्दछ भने त्यो हाम्रो लागी मान्य हुने छैन ।


याहाँ जनतालाइ राजनीतिक रुपमा निर्णायक तहमा पुर्याउन तपाइले कुनै योजनाहरु बनाउनु भएको छ ?
राम्रो प्रश्न गर्नुभयो, हामी याहाँका सबै जनतालाइ यो क्षेत्रको राजदुत भन्दछौँ । हामी जनतालाइ राजनीतिक र नागरिक सहभागिताका कार्यक्रमहरुमा बढि भन्दा बढि सहभागिताको लागी प्रोत्साहित गर्दछौँ ताकी उनिहरुले स्थानिय तथा राष्टियस्तरमा के भैरहेको छ भन्ने बारेमा जानुन र आफ्ना विचार राखुन । विशेष गरि सामुदायीक बोर्डको कार्यक्रम, निर्वाचित जनप्रतिनिधिका कार्यक्रमहरु र न्यूयोर्क पुलीसका कार्यक्रमहरुमा जनताको उच्च सहभागीताको लागी हामी उत्प्रेरित गर्दछौँ । हामी आफैँ पनि राज्यका विभिन्न नीति निर्माणको क्रममा समयमा उनिहरुको अभिमत लिन टाउनहल मिटिगंहरु आयोजना गर्दछौँ । हाम्रा क्रियाकलापहरुले उनिहरुलाइ राज्यका विविध नीतिनिर्माणमा सहभागीता जनाउने मात्र होइन नेतृत्व विकासको अवसर पनि प्रदान गर्दछ ।
तपाइले न्यूयोर्क राज्यमा विगत ७ बर्षदेखि प्रतिनिधित्व गर्नुभयो, तपाइको कार्यकालका मुख्य उपलब्धिहरुलाइ कसरि उल्लेख गर्न चाहनु हुन्छ ?
हामी धेरै सफल भयौँ भन्ने मलाइ लाग्दछ । मुख्य गरि हामीले न्यूनत्तम ज्याला बृदि गरेर प्रतिघण्टा १५ डलर बनाउन सक्यौँ । तलबि विदाको अवधिलाइ लम्ब्याउन सक्यौँ । अब कसैले पनि जरुरि हेरि १२ हप्त सम्मको पारिवारिक तलबि विदा लिन सक्छन् जुन अमेरिकाकै अन्य राज्य भन्दा धेरै हो । डिपोर्टेशनको प्रकृयामा रहेकाहरुको लागी हामीले १० मिलियन डलरको कोष बनाएका छौँ, अव त्यस्ता मानिसहरुले वकिलको लागी तिर्नुपर्ने शुल्क राज्यले तिरिदिने छ । गतबर्ष मात्र हामीले एक दशमलब एक विलियन डलर स्कुलको शैक्षिक तथा भौतिक गुणस्तर सुधारका लागी विनियोजन गरेका छौँ । हामा सरकारि कार्यलयहरुमा कुनै प्रकारको विभेदका विरुद्धको कानूनी सेवाका वकिलहरु निशुल्क उपलब्ध गराएका र्छाैँ । हामीले सामुदयीक सेवामा लागेका विभिन्न संस्थाहरुलाइ फण्ड उपलब्ध गराउने गरेका छौँ । हामीले सेवा दिने क्रममा कुनै पनि ब्यक्तिको आप्रवासन हैसियत सोध्ने गरेका छैनौ यसको अलाबा साना व्यवसायलाइ दिइने अनुदान रकम बढाएका छौँ । मलाइ लाग्छ मेरो सात बर्ष सफल अवधि हो ।
भर्खरै केन्द्रिय सरकारले नयाँ करनीति पारित गरेको छ, यसमा तपाइको प्रतिकृया के छ ?
यो कर नीति गरिब मारेर धनि पोष्ने किसिमको भयो । यसले न्यूनआय भएका परिवारलाइ त बर्बाद पार्छ नै मध्यमआय भएका परिवारलाइ पनि राहत प्रदान गर्दैन । न्यूयोर्कका गरिखाने समुदायलाइ त झन यसले बर्बादै पार्छ । मलाइ विश्वास छ, हाम्रा सांसदहरुले क्यापिटल हिलमा यो बारेमा आवज उठाउने छन् ।
साना व्यवसाय गर्न चाहने र न्यून आय भएका परिवारको सहायताको लागी तपाइको के कार्यक्रमहरु छन् ?
यसको लागी हामीले गर्भनर र राज्यस्तरका बैँकसंग मिलेर काम गरेका छौँ । निम्न आय भएका मानिसले व्यवसाय गर्न चाहेमा साना व्यवसायको लागी हामी अनुदान दिने गर्दछौँ । त्यतिले पुगेन भने न्युन ब्याजदरमा लोन दिने र कर छुटको कार्यक्रम पनि छ । मुख्य कुरा साना पुजीँ भएका व्यवसायीलाइ हामी तालीम र कन्सुलीगं सेवा पनि दिन्छौँ ताकि शुरु गरे पछि ब्याक हुनु नपरोस ।


तपाइको क्षेत्र अमेरिकामै सबैभन्दा धेरै नेपालीको बसोवास भएको क्षेत्र हो, जहाँ करिब ३० हजार नेपाली बस्छन् भनिन्छ , नेपाली समुदायको बारेमा तपाइ कत्तिको जानकार हुनुहुन्छ ?
नेपालीहरुको बारेमा पर्याप्त त भन्दिन तर म धेरै जानकार चाहिँ छु । मेरो क्षेत्रमा नेपालीको संख्या द्रुत गतिमा बढेको छ जुन स्वागत योग्य कुरा हो । उनिहरुको उपस्थिति देख्दा मलाइ गर्व लागेको छ । मैले मुख्य गरि ज्याक्सन हाइटस् क्षेत्रमा नेपाली ब्यवसायहरु बढिरहेको देखेको छु । तर मलाइ थाहा छ व्यवसाय नगर्नहरुको संख्या ठुलो छ । मैले नेपाली सामुदायीक संस्थाहरु र अन्य श्रोतबाट नेपालीको आवश्यकता के के छन् भन्ने बारेमा जानकारि लिने गरेको छु तर म अझ थप बुझ्न चाहन्छु जसले गर्दा थप सहयोग गर्न सकियोस ।
नेपालीहरुको स्वभाव र संस्कृतीको बारेमा तपाइको विश्लेषण के छ ?
म धेरै खुसी छु । धेरै मेहनती र स्वभिमानि स्वभावको पाएको छु । उनिहरु केहि गर्नको लागी याहाँ आएका हुन् भन्ने थाहा छ । साना ब्यवसाय र सामाजीक काम मार्फत पहिचान स्थापित गर्दैछन् । जब आफ्नो देश छोडेर नयाँ ठाउँमा केहि गर्न सफल भएका छन् भने हामीले प्रसंशा गर्नै पर्छ । उनिहरु कुइन्सलाइ आफ्नो घर जस्तै माया गर्दछन् । हाम्रो सरकारि कार्यक्रमहरुमा उनिहरुको सक्रिय सहभागीता रहने गरेको छ ।
तपाइलाइ नेपालको बारेमा चाहिँ कत्तिको जानकारि छ ?
मलाइ केहि जानकारि छ । तर मैले नेपाली समुदायको बारेमा बढिभन्दा बढि जानकारि लिने कोशिस गरिरहेको हुन्छु । मलाइ नेपाली खानाको बारेमा थाहा छ र त्यो मेरो मन पर्ने खाना हो । नेपाली समुदायसंग भेटघाट र अन्तक्रीय गर्ने काम भैरहेको छ जसबाट मलाइ नेपालको बारेमा जानकारि पनि बढिरहेको छ ।
नेपालीको लागी तपाइको केहि बिशेष संदेश छन् कि ?
नेपाली एक अनुशासित समुदाय हो । म विशेष गरि हामीले संचालन गर्ने सबैप्रकारका कार्यक्रमहरुमा सहभागिता बढाउन विशेष अनुरोध गर्दछु । आफ्नो मातृभूमी छोडेर याहाँ आउदा निश्चयनै नेपालमा के के भैरहेको छ भन्ने कुराको चासो हुन्छ तर तपाइहरुको जिवन र सपना याहाँ छ तसर्थ यो समाजलाइ राम्रो बनाउन कोशिस गरौँ । जनप्रतिनिधिका हिसाबले मैले गनुपर्ने कुनै पनि प्रकारको सहयोगको लागी म सदा तयार छु ।
नेपाल घुम्ने निम्तो आएमा के गर्नु हुन्छ ?
त्यो मेरो लागी खुसीको कुरो हो । म अवश्य जानेछु ।