१५ चैत्र २०८०, बिहीबार
Follow Us

मोटरसाइकलको साइलेन्सरभित्र १० किलो सुन

नेपालब्रिटेन डट कम्
१७ मंसिर २०७४, आईतवार ०५:१४

काठमाडौं । बालाजु बाइपासबाट अवैध रुपमा भित्र्याएको १० किलो सुनसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रसुवाको केरुङ नाका हुँदै अवैध रुपमा काठमाडौ ल्याउँदै गरेको १० किलो सुनसहित सिन्धुपाल्चोकका फूलसिंह तामाङलाई प्रहरीले पक्राउ गरेको हो । तामाङलाई मोटरसाइकलको साइलेन्सरभित्र लुकाएर सुन भित्रयाउदै गरेको बेला पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एवं प्रहरी बरिष्ठ उपरीक्षक रवीन्द्र धानुकले बताउनुभयो ।