१५ चैत्र २०८०, बिहीबार
Follow Us

भरतपुर महानगरपालिकाको ५ नम्बर वडा कार्यालयमा बम विस्फोट

sarusaru
१७ मंसिर २०७४, आईतवार ०५:२०

चितवन । चितवनको भरतपुर महानगरपालिकाको पाँच नम्बर वडा कार्यालयमा बम विस्फोट भएको छ । बम विस्फोटबाट वडा कार्यालय र त्यससँगै रहेको नेपाल रेडक्रस सोसाइटी नारायणपुर उपशाखा कार्यालय भवनमा क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालयका चितवनका अनुसार बिहानपख दुई बजे गि्रनेट विस्फोट भएको थियो । मंसिर २१ गते हुन लागेको चुनावको मतदानको केन्द्र यही वडा कार्यालयमा राखिएको छ ।

वडा अध्यक्ष पदमपाणि सुवेदीले वडा कार्यालय, रेडक्रस कार्यालय र वरपरका सर्वसाधारणको घरका झ्यालका शिसा फुटेको जानकारी दिए ।

यसैगरी वडाध्यक्ष सुवेदीको घर अगाडि फेला परेको विष्फोटक पदार्थलाई नेपाली सेनाको टोलीले निष्कृय बनाएको छ ।

– अनलाइनबाट ।