१५ चैत्र २०८०, बिहीबार
Follow Us

स्वाधीन नेपालका लागि युवाशक्ति आवश्यक : युवा नेता विश्वप्रकाश शर्मा

नेपालब्रिटेन डट कम्
१७ मंसिर २०७४, आईतवार ०७:५५

भद्रपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा झापा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेद्वार विश्वप्रकाश शर्माले देशको राजनीति पराधिन बन्नबाट रोकेर स्वाधीन नेपाल निर्मार्ण गरी छिटो समृद्धि हासिल गर्न युवा शक्ति आवश्यक परेको बताउनुभएको छ । चुनावी अभियान अन्र्तगत भद्रपुर नगरपालिकाको वडा नं ९ र १० को आयोजनामा चन्द्रगढीको वीपी चौकमा आयोजित बृहत् सभालार्इृ सम्बोधन गर्दै शर्माले सवै पार्टीको साझा संकल्प तयार गरी आम गठबन्धन नभएसम्म देश सम्बृद्ध बन्न नसक्ने बताउनुभयो ।

नेता शर्माले नेपालको राजनीतिमा जरो गाडेको आलोचना र विरोधको संस्कृतिमा पनि सुधार गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले गठबन्धनका नाममा दाहोरो झडपको अवस्थामा भावि संसदलाई लाद्न खोजिए समृद्धिको सपना चकनाचुर हुने बताउनुभयो ।

शर्माले विगतमा काम गर्न नसकेका नेता र पार्टीलाई थान्को लगाएर वर्तमानमा राम्रो गर्न सक्ने नेतृत्व देशले खोजेको जनाउँदै जलस्रोतको परिचालन नै देश धनी बन्ने आधार प्रस्तुत गर्नुभयो । उहाँले काँग्रेसले केही गरेन भनेर गाली गर्नेहरुले नेपालमा शिक्षा, स्वास्थ्य, विद्युतीकरण र सडक सञ्जालको विकासलाई हेर्न आग्रह गर्नुभयो । शर्माले झापाको सदरमुकाम भएर पनि पछाडि परेको चन्द्रगढीको स्वरुप परिवर्तन गर्ने खाका पनि बौद्धिक वर्गसित माग गर्नुभयो ।

उहाँले चन्द्रगढीबाट सुरु हुने समृद्धिको यात्रा बाहुनडाँगीमा पुग्दा झापा क्षेत्र नम्वर १ को सम्पूर्ण भूगोल सवल नेपालको नमूना वन्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा क्षेत्र नम्वर १ प्रदेश (क) का उम्मेदवार केशवराज पाण्डेले चीन र भारत जोड्ने पहाडी मार्ग निर्माणले जनताको जीवन स्तर उठ्ने प्रष्ट पार्नुभयो ।

उहाँले व्यापारको प्रर्वधन, कृषिको उन्नति र पर्यटनको विकास गर्ने आफनो प्रतिबद्धता राख्नुभएको थियो । यस्तै प्रदेश सभा(ख)का उम्मेद्वार अशोककुमार पोखरेलले राजनीतिमा प्रवेश गरेको विकृति अन्त्य गरेर विधिको शासनमा जनताको पहुँच आवश्यक भएको धारणा राख्नुभयो ।