१३ बैशाख २०८१, बिहीबार
Follow Us

गौचन हत्याकाण्डका मुख्य आरोपी बस्नेत पक्राउ

नेपालब्रिटेन डट कम्
१७ मंसिर २०७४, आईतवार १२:०३

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्याका मूख्य आरोपी समिरमानसिंह बस्नेत पक्राउ परेका छन् । गौचन हत्याका मूख्य आरोपी भनिएका बस्नेतलाई प्रहरीले चितवनको नारायणघाटबाट पक्राउ गरेको हो । प्रहरीले गौचन हत्यामा बस्नेतको मुख्य संग्लग्नता दाबी गरिरहेको थियो । प्रहरीले पक्राउबारे पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । बस्नेत भारतका विभिन्न स्थानमा फरार रहँदै आएका थिए ।
प्रहरीले गौचन हत्यामा संग्लग्न अन्य दुई जनालाई यसअघि नै पक्राउ गरी सार्वजनिक गरिसकेको छ । नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको काठमाडौंको शान्तिनगरमा गोली हानी हत्या गरिएको थियो । लेनदेनको विवादका बस्नेतले गौचनको हत्या गरेको प्रहरीको दाबी छ ।
प्रहरीले यसअघि गौचनको हत्यामा संलग्न सुटरसहित सात जना पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा गोली हान्ने नुवाकोटका राजीव लामा स्याङ्तान, पर्साका शिवजी महतो, भारत विहारका मुकेश पाण्डे, चितवनका सन्तोष गुरुङ, नागार्जुनका प्रकाश बुढाथोकी, ताप्लेजुङका वसन्त थेबे र पाँचथरका धनराज योङहाङ थिए । उनीहरुकै बयानका आधारमा प्रहरीले मुख्य योजनाकार बस्नेतलाई नियन्त्रणमा लिएको हो । बस्नेत विगतमा कलंकी, बाफल र कालिमाटी क्षेत्रमा गुण्डागर्दीमा सग्लन थिए । पछिल्लो समय भने ठेक्कापट्टा ब्यवसायीलाई धम्काएर पैसा असुल्ने कार्यमा उनी सग्लन थिए ।