१५ चैत्र २०८०, बिहीबार
Follow Us

प्रतिस्पर्धीलाई लान्छना लगाएर भोट माग्नु पराजित मानसिकता : डा. आरजु

नेपालब्रिटेन डट कम्
१७ मंसिर २०७४, आईतवार १३:३२

कैलाली । कैलाली क्षेत्र नं ५ बाट प्रतिनिधिसभाका उम्मेदवार रहनुभएका नेपाली काँग्रेसका डा आरजु राणा देउवाले विपक्षीका झूठा आश्वासनतर्फ नलाग्न मतदातालाई आग्रह गर्नुभएको छ । नेका कैलाली क्षेत्र नं ५ ले आज धनगढी उपमहानगरपालिका–२ को पुरानो भन्सार रोडमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले प्रदेश नं ७ लाई नेपालकै समृद्ध क्षेत्र बनाउन आफूले यो क्षेत्रमा उम्मेदवारी दिएको बताउनुभयो ।
डा राणाले लोकतन्त्रको पक्षमा उभिएको पार्टी नेपाली काँग्रेसलाई जिताएर संविधानको कार्यान्वयन र आर्थिक विकासको अभियानमा साथ दिन आग्रह गर्नुभयो ।
हार हुने भएपछि विभिन्न लाञ्छना लगाएर विपक्षीहरूले भोट माग्न खोजेको आरोप लगाउँदै उहाँले विकास र नेपाली काँग्रेसको जितलाई कसैले पनि रोक्न नसक्ने दाबी गर्नुभयो ।