१४ बैशाख २०८१, शुक्रबार
Follow Us

वरिष्ठ नेता पौडेलको क्षेत्र सुरक्षित, सोमबार दमौलीमा विशाल आमसभा

नेपालब्रिटेन डट कम्
१७ मंसिर २०७४, आईतवार १४:२२

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार बन्नुभएको तनहुँ क्षेत्र नं. १ नेपाली कांग्रेसको सबैभन्दा सुरक्षित मानिएको छ । यसअघिका निर्वाचनमा पनि वामपन्थीले कुनै असर पु¥याउन नसकेको तनहुँ–१ मा नेता पौडेललाई यस पटक पनि कृष्णकुमार श्रेष्ठले चुनौति दिइरहेका छन् ।
तनहुँ १ बाट २०४८ साल र तनहुँ २ बाट २०५१, २०५६, २०६४ र २०७० सालको निर्वाचनमा लगतार नेता पौडलले चुनाव जित्दै आउनुभएको हो । संविधानसभा निर्वाचनमा तनहुँमा ३ वटा क्षेत्र थियो । अहिले भूगोल हेरफेर भएर २ वटा निर्वाचन क्षेत्र बनेको छ । पौडेल उम्मेदवार बनेको तनहुँ–१ कांग्रेसको पक्कड भएको क्षेत्र भएको बताइन्छ ।
यो क्षेत्रमा वाम गठबन्धनको कुनै प्रभाव नभएकाले नेता पौडेलको जीत सुनिश्चित भएको उनका सहयोगी चिन्तन पौडेलले जानकारी दिए । उनले भने, वरिष्ठ नेताको जीत सुनिश्चित छ, कति मतअन्तरले जीत हुने हो, त्यो मत परिणाम आएपछि मात्र थाहा हुन्छ ।
विकास निर्माणको एजेन्डा नेपाली कांग्रेसले अघि सारेका हुनाले पौडेलको जीत सुनिश्चित भएको हो, चिन्तनले भने, तनहुँ पहाडी जिल्ला भए पनि प्रत्येक स्थानीय तहमा मोटर बाटो पुगेको छ, पुलपुलेसा बनेका छन् । सेती जलविद्युत आयोजना बन्ने छ । एक घर एक धाराको अवधारणालगायत कृषि क्षेत्रको विकासमा कांग्रेसले जोड दिएको सहयोगी चिन्तनले बताए ।
तनहुँका जनता विकासको पक्षमा उर्लिएका छन्, त्यसैले रुख चिन्हमा मतदान गर्छन् । मौन अवधि सुरु हुनुअघि कांग्रेसले दमौलीमा आमसभाको आयोजना गर्दैछ । उक्त आमसभामा हजारौं तनहुँवासीको सहभागी हुने अनुमान गरिएको छ ।