१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएन उपाध्यक्ष कुमार पन्तको चासो पानी अभियानमा

नेपालब्रिटेन डट कम्
२८ श्रावण २०७३, शुक्रबार ०९:१६

काठमाडौं । एक्काइसौ शताब्दीमा रित्तो गाग्री बोकेर एक गाग्री पानी लिन घन्टौ हिड्ने अवस्थाको अन्त्य हुनु जरुरी छ भन्दै गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद ( एन आर एन आइ सि सि ) का उपाध्यक्ष श्री कुमार पन्तजीले २०० युरो ( नेपाली रुपैयाँ झन्डै २५०००) लक्ष्मीपुर गाविस सुनपुर दाङमा चलिरहेको करोड पानी अभियानलाई सहयोग गर्ने खबर पठाउनु भएको छ । आशा गरौ भोलि सरकारले पनि साथ दिनेछ । आखिर युगले जित्ने नारामा दुनिया जाग्यो भने के पो असम्भव छ र ? पानी अभियान कर्ता मित्र लाल पार्दे आफ्नो फेसबूकमा लेख्छन् “जब सम्म पानी अभियानको शुरुवाती गाउँ ८०० परिवारको लागि घर घर धारो हुने सुनिश्चितता हुदैन तबसम्म म कराइरहनेछु ।चिल्लाइरहनेछु । नेपाली माटोको पबित्र बिजय, नेपाली गाउहरुको पबित्र बिजय एक दिन हुनेछ । तिर्खाउनु भएका बुवा आमाहरुले घाटी भिजाउने, भोटी भिजाउने पानी पाउनु हुनेछ । हरेक घरमा धारो होस्, हरेक गाउँमा सिचाई होस् ” जय पानी अभियान । “