१४ बैशाख २०८१, शुक्रबार
Follow Us

उधौली मनाइयो

नेपालब्रिटेन डट कम्
१७ मंसिर २०७४, आईतवार १४:२७

दमक । प्रकृतिपूजक किराँत जातिले भूमिबाट उब्जनी भएको अन्नबाली भूमिलाई नै अर्पण र पूजा गरी मनाइने उधौली पर्व आज मनाइएको छ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व किराँत, राई, याक्खा र सुनुवार जातिले राष्ट्रिय चाडका रुपमा मनाउने किराँत याक्थुङ चुम्लुङले जनाएको छ ।
लिम्बु जातिको महान् चाड चासोक तङनाम (उधौली पर्व) का अवसर पारेर झापाको शिवसताक्षी नगरपालिकाको दुधेमा आज विभिन्न कार्यक्रमको आयोजना गरियो । स्थानीय खेलमैदानमा सामूहिक पूजाआजासहित लिम्बू जातिको परम्परागत वेशभूषाको प्रर्दशनी गर्नुका साथै सांगीतिक प्रस्तुति गरिएको थियो ।
किरात नालीफुङवा चुम्भोको आयोजनामा भएको सो कार्यक्रम बिहानदेखि शुरु भएर साँझसम्म चलेको थियो । चुम्भोका अध्यक्ष बीरवल जवेगुका अनुसार बिहान लिम्बू जातिका पूजारी बिजुवाहरूले उधौली पर्वको सामूहिक पूजा गरे भने दिउँसो लिम्बु जातिको मौलिक परम्परागत वेशभूषाको प्रर्दशनी गरिएको थियो । युमालाङ, येवालाङ, माङलाङ जस्ता पूराना लिम्बू नृत्यसमेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा छेलो हान्ने, धनुष काँडलगायतको प्राचीन खेलहरूको समेत आयोजना गरिएको थियो ।