१३ बैशाख २०८१, बिहीबार
Follow Us

स्याङ्जामा मतदान अधिकृत पक्राउ

sarusaru
१८ मंसिर २०७४, सोमबार ०२:४९

-मंसिर २१ गते हुन लागेको दोस्रो चरणको प्रतिनिधि र प्रदेश सभा निर्वाचनको लागि जनता मावि बोधी भञ्ज्याङ्गको ख केन्दका मतदान अधिकृत जिल्ला प्रहरीको नियन्त्रणमा छन् । फेदीखोला गाउँपालिका स्थित स्वास्थ्य चौकीमा सिअहेव छैठौ तहमा कार्यरत होमबहादुर गुरुङ आइतबार बिहानै नियुक्ति पत्र, रकम र मतदानका आवश्यक सामाग्रीहरु बुझ्नको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय आएका थिए ।

मादक पदार्थ सेवन गरी अनियन्त्रित अवस्थामा भएपछि उनलाई मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीको आदेशमा प्रहरीले पक्राउ गरेको हो ।

निर्वाचन क्षेत्र नम्बर दुईका निर्वाचन अधिकृत श्रीकृष्ण श्रेष्ठले अत्याधिक मादक पदार्थ सेवन गरेको भएता पनि उनको ठाउँमा अर्को कर्मचारी खटाउदा राजनीति गरेको आरोप आफूलाई आउने भन्दै उनैलाई नै नियुत्ति पत्र बुझाइएको बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी महेश आचार्यले नियुक्त भएका सबै कर्मचारीहरु सोमबारसम्म नियुक्ति पत्र बुझेर आ–आफ्नो कार्य क्षेत्रमा खटिने बताए ।

चुनावी अनुगमनको क्रममा स्याङ्जा आएका निर्वाचन आयुक्त इश्वरीप्रसाद पौडेलले भने गुरुङको स्थानमा अर्को कर्मचारी नियुक्त गर्न प्रजिअलाई आदेश दिएका छन् । प्रजिअ आचार्यले भने उनैलाई नै मतदान स्थल खटाइने बताएका छन् ।

– कान्तिपुरबाट ।