७ बैशाख २०८१, शुक्रबार
Follow Us

गगन थापा माथि काठमाण्डौंमा बम प्रहार, थापाको उपचार हुदैं

नेपालब्रिटेन डट कम्
१८ मंसिर २०७४, सोमबार ०७:२४


काठमाडौं— काठमाडौं४ का काँग्रेस उम्मेदवार गगन थापा माथि बम प्रहारभएको छ । थापालाई लक्षित गर्दै बम आक्रमणबाट थापा घाइते भएका छन्। घटनामा उम्मेदवार थापासहित ६ जना घाइते भएका छन्। बुढानिलकण्ठ नगरपालिका २ चपलीको माटो कोलनीमा घरदैलो अभियान चलाइरहेका बेला बम आक्रमण भएको हो। थापाको कान र ढाडमा चोट लागेको छ ।

विस्फोटमा अन्य केही घाइते भएका छन् । उनीहरु मध्ये केहीको अवस्था गम्भीर छ ।

थापासहित सबै पाँचै‌ जनालाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सीमा उपचार भइरहेको छ। उम्मेदवार थापालाई बमको छर्राले लागेको छ। उनको ढाडमा चोट लागेको छ। अन्य पाँच जनाको अवस्था गम्भीर रहेको प्रत्यक्षदर्शीले जनाएका छन्।