१९ बैशाख २०८१, बुधबार
Follow Us

प्रचण्डलाई विक्रमको जवाफ– ‘चुनावका बेला खोजेरमात्रै जनमत आउँदैन’

नेपालब्रिटेन डट कम्
१८ मंसिर २०७४, सोमबार १३:२४

माडी । वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डेले चुनावका बेलामात्रै जनता खोज्ने नेताले जनमत नपाउने दावी गरेका छन् । माडी–१ सेरुवाचोकमा चुनावी घरदैलो पश्चात पत्रकारसँग सक्षिप्त कुराकानी गर्दै पाण्डेले जनताको हरेक दुख सुखमा सँधै रहने उम्मेदवारकै पक्षमा जनता रहेको बताए ।
“एक पटक चुनाव लडेपछि कहिल्यै दोहो¥याएर उहाँ कहिल्यै चुनाव लडेको इतिहास छैन”, आफ्ना प्रतिस्पिर्धि उम्मेदवार प्रचण्डलाई इङिगित गर्दै भने, “उहाँलाई न जनताले सजिलै भेट्न सक्छन्, न फोनम कुरा गर्न पाउँछन्, नत दुख पर्दा घरदैलोमा देख्न पाउँछन् ।” उनले प्रचण्डलाई आँफुले आफ्नो प्रतिस्पिर्धिका रुपमा नहेरेको दावी गरे । चितवन क्षेत्र नम्बर ३ मा राप्रपा(प्रजातान्त्रिक) का केन्द्रीय उपाध्यक्ष पाण्डे र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनावी मैदानमा कडा प्रतिस्पिर्धिका रुपमा देखा परेका छन् ।
“बाहिरबाट २ सय भन्दा बढी गाडी ल्याएर बसन्तपुरमा आमसभा गरे भन्ने सुनेको छु”, उनले भने, “यहाँको जनताको साथ चाहिन्छ, जनतालाई अतंकित पार्न आमसभा गरेर जनतको विश्वास जितिदैन ।” उनले आँफु विगतमा हालकै निर्वाचन क्षेत्रलाई आधार बनाएर २२÷२४ वर्षदेखि विकास निर्माणका काममा सक्रिय भएको दावी गरे । “मेरो जितको आधारनै जनता हो, विगतमा मेरो यो क्षेत्रप्रतिको लगाव हो”, उनले भने, “यो निर्वाचन क्षेत्रलाई पूर्ण विकास गरेर देखाउनेछु ।” उनले किसानका सुख्खा जमिनमा सिँचाईको व्यवस्था गरेर काम सुरु गर्ने बताए ।
प्रत्येक वडामा खानेपानी आयोजना पु¥याउने दावी गरे । उनले नारायणी नदी तटबन्धन गर्दै पुलचोकदेखि गोलाकाघसम्म पर्यटन मार्ग निर्माण गर्ने, गोलाघाटदेखि सौराहासम्म पर्यटन मार्ग बनाउने लगायतका योजना लिएर आएको बताए । उनले बाँदरमुढे घटनालाई राजनीतिकरण गर्न खोजिएको आरोप लगाए । “वामपन्थीहरुले आफ्ना केही नातेदारलाई राखेर ३ बुँदे सहमति गराएको सुनेँ”, उनले भने, “मुख्य पीडितलाई वाइसीयल, प्रहरीको घेरामा राखेर बाहिरै हिँड्न नदिएको सुनेको छु, घटनाका पीडितले न्याय पाउनुपर्छ ।” उनले बाँदरमुढे पीडितलाई न्याय दिने र घटनास्थललाई पर्यटकस्थलका रुपमा विकास गरि छाड्ने बताए । पाण्डे सोमबार माडीका अधिकांस क्षेत्रमा घरदैलो गर्दै पुगेका थिए ।