१५ चैत्र २०८०, बिहीबार
Follow Us

बिपीको माया भए काँग्रेसमा आउनुस् : नेता कोइराला

नेपालब्रिटेन डट कम्
१८ मंसिर २०७४, सोमबार १३:३६

मोरङ । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले बिपीको विचारको अनुयायी भएको बताउने नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई काँग्रेसमा आउन सुझाव दिनुभएको छ । काँग्रेस मोरङ क्षेत्र न. ६ को आज विराटनगरमा भएको चुनावीसभालाई सम्बोधन गर्दै डा कोइरालाले भन्नुभयो, “विपी कृष्णप्रसादको माया छ भने, ओलीज्यू, कांग्रेसमा आउनुस् ।” उहाँले देशको विकास, समृद्धि तथा स्थानीयस्तरमा सडक, ढल, नाला निर्माण शुद्ध खानेपनी, शिक्षा, स्वास्थ्य क्षेत्रको विकासका लागि काँग्रेसलाई मतदान गर्न आग्रह गर्नुभयो । सो क्षेत्रमा वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा लालबाबु पण्डित तथा प्रदेशसभामा रमेशप्रसाद पोखरेल चुनावी मैदानमा हुनुहुन्छ ।