११ बैशाख २०८१, मंगलवार
Follow Us

रोजेको उम्मेदवार पाइयो, जितिन्छ

नेपालब्रिटेन डट कम्
१८ मंसिर २०७४, सोमबार १३:४७

सुशीला खनाल पौडेल, कांग्रेस नेतृ
नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि सुशीला खनाल पौडेल यतिबेला सुनसरी ४ बाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई जिताउन अहोरात्र खटिरहेकी छन् । यो क्षेत्रको आवश्यकताअनुसार पार्टीले कार्कीलाई उम्मेदवार बनाएकोमा सुशीला प्रसन्न छिन् । भन्छिन्– ‘यहाँको समाज रूपान्तरण गर्ने हो भने अर्थमन्त्री कार्कीको उम्मेदवारी अपरिहार्य थियो ।’ सुनसरी–४ का जनताले लोकतन्त्र र विकासपे्रमी नेतृत्वको पक्षमा मत हाल्ने भएकाले मन्त्री कार्कीको जित सुनिश्चित भएको सुशीलाले बताइन् । यिनै चुनाव सेरोफेरोमा सुशीलासँग कुमार राउतले गरेको कुराकानी ः

० चुनावी अभियान कसरी चलिरहेको छ ?
– जनलहर कांग्रेसको पक्षमा छ, घरदैलो, कोणसभा र भेटघाटमा चुनाव अभियान अघि बढिरहेको छ । राष्ट्रिय व्यक्तित्व, विकासपे्रमी र स्वच्छ छवि भएका नेता ज्ञानेन्द्र कार्की सुनसरी–४ का जनताले पाएका छन् । यहाँका जनतालाई ढुंगो खोज्दा देउता मिलेजस्तो भएकाले पनि होला, चुनावी महोल एकदमै उत्साहित छ ।

० सुनसरी–४ का जनताको चाहना ?
– पहिलो कुरा त यहाँका जनतालाई समाज रूपान्तरण गर्ने एउटा नेता चाहिएको थियो, त्यो प्राप्त भएको छ । जनमतमा फाटो ल्याएर राजनीतिको खेती गर्नेहरूबाट यहाँका जनता वाक्क भइसकेकाले इमान्दार, कर्तव्यनिष्ट र विकासप्रेमी नेताको खोजी भइरहेको थियो । यस्तो अवस्थामा हामीले ज्ञानेन्द्र कार्कीलाई पाएका छौं । उहाँको आगमनसँगै यो क्षेत्रको चुनावी रौनक नै बेग्लै भएको छ ।

० सुनसरी–४ को वस्तुस्थिति भनिदिनुस् नि ?
– यहाँका जनता अधिकांश गरिबीको रेखामुनि छन् । यो क्षेत्र जातीय विविधताको नमुना हो । छेउछाउमा सुगम भए पनि बत्तीमुनिको अँध्यारोजस्तो छ । त्यसैले विकासपे्रमी नेताको खोजीमा यहाँका जनताले व्यग्र प्रतीक्षा गरिरहेका थिए ।

० निर्वाचित जनप्रतिनिधिले के गरिदियोस् भन्छन् ?
– मुख्यतः विकास निर्माणकै काम हो, बाटोघाटो निर्माण होस्, वन्यजन्तुको आक्रमणबाट बचाउन सकियोस्, नदी कटानले पु¥याएको क्षतिको पूर्ति होस्, ऐलानी जग्गामा बस्नेलाई लालपुर्जा प्राप्त होस् भन्ने अपेक्षा यहाँको जनताको छ ।

० ज्ञानेन्द्र कार्कीले जित्लान् ?
– यहाँका जनताले परिवर्तन र लोकतन्त्रको पक्षमा मतदान गर्छन् भन्ने कुरामा म ढुक्क छु । यहाँको परिवर्तन नेपाली कांग्रेसबाट मात्र सम्भव छ । यो देखेको र भोगेको सत्य हो, यसअघि यहाँबाट निर्वाचित जनप्रतिनिधिले विकासमुखी काम गर्न सकेनन् । त्यसैले कांग्रेसको पक्षमा मतदान गर्न यहाँका जनता मंसिर २१ पर्खेर बसेका छन् ।

० यो क्षेत्रमा त बीपीको पालादेखि कांग्रेसले चुनाव लड्दै आएको होइन ?
– त्यो बेला र अहिलेको भूगोल फरक छ । गिरिजाबाबुले चुनाव लडेपछि अहिले पृथक् भूगोल बनेको छ । यहाँबाट एमाले र अहिलेका संघीय समाजवादी फोरमका अध्यक्षले चुनाव जितेर जानुभएको थियो । उहाँहरू यो क्षेत्रमा फर्किएर आउनुभएन ।

० कोसँग प्रतिस्पर्धा हुन्छ ?
– प्रतिस्पर्धा त कम्युनिस्ट गठबन्धनसँगै हो । तर सत्ता स्वार्थका लागि बनेको गठबन्धनबारे यहाँका जनता सचेत छन् । यो गठबन्धनबाट यहाँको समस्या समाधान हुँदैन, बरु समस्या अझ गाँठो पर्छ भन्ने कुरा यहाँका जनतालाई राम्रोसँग थाहा छ । त्यसैले कम्युनिस्ट गठबन्धनलाई होइन, लोकतन्त्र र विकासको पक्षमा यहाँका जनताले मतदान गर्नेछन् ।

० स्थानीय चुनावको नतिजाले त वाम गठबन्धन बलियो देखिन्छ नि ?
– स्थानीय तहको निर्वाचन नेताको प्रकृतिमा भर पर्छ । नेपाली कांगे्रसले जनताको भावना नबुझी उम्मेदवारी दिएपछि त्यस्तो परिणाम आएको हो । अहिले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा त्यस्तो विवाद केही छैन ।

० प्रतिस्पर्धा राम्रै हुने सम्भावना रहेछ, होइन ?
– प्रतिस्पर्धी भएपछि प्रतिस्पर्धा हुने नै भयो । प्रतिस्पर्धीको पराजय निश्चित छ, । कति मत अन्तरले पराजित हुन्छ, त्यो जान्ने एक साता कुर्नैपर्ने हुन्छ ।

० के आधारले यस्ता कुरा भन्दै हुनुहुन्छ ?
– यहाँका जनताले कांगे्रसप्रति देखाएको उत्साह मात्र होइन, प्रतिस्पर्धीको हाइट पनि मिल्दैन । यसअघि यहाँबाट निर्वाचित भएर गएका जनप्रतिनिधिले निराश बनाएकाले पनि कांग्रेसको पक्षमा लहर आएको छ ।

० तपाईं कहिलेदेखि कांग्रेस ?
– अहिले ४० वर्षकी भएँ, १४ वर्षदेखि राजनीतिमा संलग्न भएँ । अहिले साविक सुनसरी– ६ बाट नेपाली कांगे्रसको महाधिवेशन प्रतिनिधि छु ।

० कांग्रेस हुनलाई के कुराले पे्ररित ग¥यो ?
– बीपी कोइरालाले प्रतिपादन गरेको समाजवादबाट म पे्ररित भएँ । उहाँको आदर्श र सिद्धान्तबाट मात्र नेपाली समाजको रूपान्तरण सम्भव छ भन्ने लाग्यो ।

० महाधिवेशन प्रतिनिधिमा मात्र सीमित रहनुहुन्न होला नि ?
– यो त समयले बोल्दै जाने कुरा हो । महाधिवेशन प्रतिनिधिबाहेक पार्टीमा मैले अरु कुनै पद लिएकी छैन ।