१३ बैशाख २०८१, बिहीबार
Follow Us

लिभरपुलमा प्रनेश इजाम स्मृति ब्याडमिन्टन टुर्नामेन्ट सम्पन्न

नेपालब्रिटेन डट कम्
१८ मंसिर २०७४, सोमबार २२:४६

लण्डन। बेलायतको लिभरपुलमा लिभरपुलमा प्रनेश इजाम स्मृति ब्याडमिन्टन टुर्नामेन्ट सम्पन्न भएको छ । नेपाली समाज लिभरपुलमा आइवार आयोजित अन्तर लिभरपुल ब्याडमिन्टन प्रतियगिता सम्पन्न भएको हो ।

आफ्नो स्वर्गीय छोरा प्रनेश इजामको स्मृतिको लागि लिभरपुल निवासी देउमान इजामको संयोजकत्वमा सम्पन्न प्रतियोगितामा प्रवीण घिमिरे र मनोहर वुढाथोकीको जोडी विजेता भयो ।

यस्तैं गंगा खत्री र संदेश शर्माको जोडी उपविजेता भए । विजयी खेलाडी तथा सम्पूर्ण प्रतिस्पर्धीहरुलाई नेपाली समाजका अध्यक्ष डा शम्भु आचार्यले पदक तथा प्रमाणपत्र वितरण गरे ।
यस्ता प्रतियोगिताले मानिसलाई खेलकुद प्रति उत्साहित गर्ने तथा खेलको स्तर पनि बढाउन सहयोग गर्ने र आउँदा वर्षहरुमा यो प्रतयोगितामा बेलायत व्यापी बनाउने लक्ष्य रहेको विचार संयोजक देउमान ईजामले बताए। । प्रतियोगिताको अन्त्यमा स्वर्गीय प्रनेश ईजामको लागि १ मिनेट मौन धारण गरिएको थियो।