८ बैशाख २०८१, शनिबार
Follow Us

यात्रा प्रतिवन्ध सम्वन्धी ट्रम्प प्रशासनको निर्णय सदर

sarusaru
१९ मंसिर २०७४, मंगलवार ०२:३०

काठमाडौं । अमेरिकाको सर्वोच्च अदालतले ६ मुस्लिम देशमा यात्रा प्रतिवन्ध लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयको समर्थन गरेको छ । साथै यसलाई पूर्णरुपमा लागू गर्न निर्देशन पनि दिएको छ ।

अब चाड, इरान, लीबिया, सीरिया, सोमालिया र यमनमा यात्रा प्रतिवन्ध लागू भएको छ ।

सर्वोच्चका ९ मध्ये ७ न्यायाधीशले ट्रम्प प्रशासनको उक्त आग्रहलाई स्वीकार गरेका छन् जसमा तल्लो अदालतद्वारा यात्रा प्रतिबन्ध लागू गर्ने निर्णयमा लगाइएको रोक हटाउन माग गरिएको थियो ।

जनवरीमा सत्ता सम्हालेलगत्तै राष्ट्रपति ट्रम्पले मुस्लिमहरुलाई अमेरिका प्रवेशमा रोक लगाउने उद्देश्यले ६ देशहरुमा यात्रा प्रतिबन्ध लगाउने सम्वन्धी विवादास्पद नीति ल्याएका थिए । मुस्लिम देशहरुबाट आतंकवादी भित्रिने गरेको ट्रम्प प्रशासनको दावी छ ।

यसअघि तल्लो अदालतले ट्रम्प प्रशासनको सो निर्णयलाई खारेज गरेको थियो ।

यसमा उत्तर कोरिया र भेनेजुयलाका केही सरकारी अधिकारीहरुलाई पनि प्रतिवन्ध लगाउने विषय समेटिएको छ ।

अब यस सम्वन्धमा आगामी हप्ता सान फ्रान्सिस्को र रिचमण्ड अदालतमा सुनुवाइ हुने बीबीसीले जनाएको छ ।

-अनलाइनबाट ।