६ चैत्र २०८०, मंगलवार
Follow Us

फार्नबरोमा राप्तीवासीहरुको भेला (फाेटाे फिचर)

नेपालब्रिटेन डट कम्
२८ श्रावण २०७३, शुक्रबार १३:५६

लन्डन । बेलायतमा बसोबास गरिरहेका राप्तीवासीहरुको वार्षिक भेटघाट हालै फार्नबरोमा सम्पन्न भयो।

गत जुलाई ३० तारिखमा कोडी स्पेशल स्पोर्ट्स कलेजमा आयोजित कार्यक्रमको मानबहादुर बुढा, गोपाल थापा, रामधन श्रेष्ठ, बीरमान घर्ती, गगन थापा तथा डिल्लीबहादुर थापाले संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो।
13880250_1043946875690644_6787353033842932399_n

उपाध्यक्ष केशरमान रोकाले स्वागत गर्नुभएको सो कार्यक्रममा बोल्दै मानबहादुर बुढाले राप्ती समाज युकेले नेपाल तथा युकेमा गरेको रचनात्मक कामहरुको चर्चा गर्नुभयो। भेरी समाज युकेका अध्यक्ष गोपाल थापाले राप्ती समाज तथा भेरी समाजबीच एउटै साझा परम्परा र सांस्कृतिक धरोहर रहेको भन्दै आगामी दिनमा पनि संगै मिलेर काम गर्न आग्रह गर्नुभयो।

अर्का वक्ता रामधन श्रेष्ठले समाजले आफुलाई अतिथिकोरुपमा निम्तो गरेकोमा खुसी व्यक्त गर्दै आफ्ना सदस्यहरुको हितकालागि समाजले गरिरहेका कामको प्रशंसा गर्नुभयो।

13876154_1043950219023643_5660241665848491696_n

नेपालबाट आउनुभएका समाजसेवी डिल्लीबहादुर खडकाले जुनसुकै जात, क्षेत्र र भाषाभाषी भएपनि सबै नेपालीहरु फरक फरक रङ्ग भएका फूलहरु जस्तै भएको बताउनुभयो। उहाँले ती फूलहरुलाई एकताको एउटै मालामा गाँस्न आवश्यक रहेको भन्दै त्यसकालागि समाजले गरिरहेको कामको प्रशंसा गर्नुभयो।

सो अवसरमा उल्लेख्य शैक्षिक प्रगति हासिल गरेका १४ जना बालबालिकाहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो।

समाजका अध्यक्ष हिक्मतसिं रोकाले ब्रिटिश सेनामा पदोन्नति भएका लाल राना, विकास श्रेष्ठ र प्रेम बुढालाई खादा लगाएर सम्मान गर्नुभएकेा थियो।

नेपालबाट आउनुभएका चर्चित कलाकारहरु राधिका हमला, बिरु लामा, जुना शिरिष तथा थानेश्वर गौतमको प्रस्तुतिले कार्यक्रमलाई निकै रोचक बनाएको थियो।

13880126_1043945452357453_4453360981496551553_n
कार्यक्रमको अन्त्यमा अध्यक्ष रोकाले समाजका गतिविधिहरुमा निरन्तर सघाउनुहुने तथा वार्षिक भेलालाई सफल बनाउन खटनुहुने सबैलाई हार्दिक धन्यवाद दिनुभएको थियो। उहाँले कार्यक्रममा प्रायोजन गर्नुहुने क्वालिटी सुपरस्टोरलाई पनि विशेष धन्यवाद दिनुभयो।
उहाँले गत एकवर्षमा समाजले गरेका कामहरुको चर्चा गर्नुहुँदै समाजलाई अगाडि बढाउन सुझाव, सल्लाह र सकृय सहयोगकालागि सबै सदस्यहरुलाई आग्रह पनि गर्नुभयो।

नेपाली खाना तथा नाश्ताको व्यवस्था गरिएको सो रमाइलो कार्यक्रममा बालबालिकासहित झण्डै ४०० जनाको सहभागिता रहेको थियो।

13770332_1043961992355799_364514798401762097_n
13680533_1043951335690198_7869841325544322954_n