१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सौराहा र टाँडीमा शंकास्पद वस्तु भेटियो

sarusaru
२० मंसिर २०७४, बुधबार ०२:४५

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहा र टाँडीमा सोमबार शंकास्पद वस्तु भेटिएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने सभा नजिकै दुई शंकास्पद वस्तु भेटिएको हो । करिब दुई बजे तिर भेटिएको सो शंकास्पद वस्तु बम हुन सक्ने भन्दै नेपाली सेनाका बम डिस्पोजल टोलीले सो वस्तु साँझ निस्क्रिय पारेको थियो । रत्ननगर–३ स्थित न्यू क्यापिटल कलेज नजिक अपराहन्न शंकास्पद वस्तु भेटिएको भए पनि सभामा भाडदौड मच्चिन सक्ने अवस्थालाई मध्यनजर गरी त्यस वरपर आवतजावत गर्न सुरक्षा निकायले रोक लगाएको थियो ।
सभा सकिएर सबै घर गएपछि शंकस्पद वस्तु निस्क्रिय गरिएको हो । त्यसैगरी पर्यटकीय नगरी सौराहामा सोमबार एउटा सिलिन्डर ग्यास आगो लाग्दै गरेको अवस्थामा भेटिएको छ । सौराहाको बीचमा रहेको खाली जग्गामा आगो लाग्दै गरेको सिलिण्डर भेटिएको प्रहरीले जनाएको छ । सो सिलिण्डर पड्काउने नियतले बारीको बीचमा आगो लगाएर राखिएको प्रहरीले जनाएको छ । आगोलाई इलाका प्रहरी कार्यालयले निभाएर आगो लागेको सिलिण्डर प्रहरी चौकीमा लगेको छ । निर्वाचन नजिकिँदै गर्दा सिलिण्डर ग्यास पड्काएर आवाज निकाली स्थानीयलाई त्रसित पार्न खोजिएको प्रहरीको भनाइ छ ।

– चितवन पोष्टबाट ।