१५ चैत्र २०८०, बिहीबार
Follow Us

सिड्नीकाे ओलम्पिक पार्कमा नेपाल आइडलकाे भब्य प्रस्तुती

नेपालब्रिटेन डट कम्
२० मंसिर २०७४, बुधबार ०७:४७

सिड्नी- अष्ट्रेलियाकाे सिड्नीमा नेपाल आइडलले भब्य प्रस्तुती दिएका छन्। सिड्नीकाे ओलम्पिक पार्कमा साँझ ७ बजे सुरू भएकाे थियाे। कार्यक्रमको सुरुवातमा सिड्नीमा अवस्थित युवाहरुको नृत्य समुह द नेक्स्ट र नेपिण्डोका विभिन्न कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

करिब तीन हजार दर्शकले खचाखच भरिएको ओलम्पिक पार्क स्पोर्टस् सेन्टरको गर्मिलो माहोल आइडलकी प्रमिला राई स्टेजमा उर्तेपछि झनै तातिएकाे थियाे। प्रमिलाले आस्था राउतको चौबन्दीमा पटुकी गीतसहित ४ वटा गीत प्रस्तुत गरेकी थिइन् । त्यसपछि आइडलका सेकेण्ड रनरअप प्रताप दासले धर्मेन्द्र सेवानको हेर्दा राम्रो माछापुच्छेसहित ७ वटा गीत गाए। निसान्त भट्टराईले उकाली ओराली, पिउँदिन भन्दाभन्दै सहित ७ वटा गीत प्रस्तुत गरे ।

नेपाल आइडल विजेता बुद्ध लामा भने सिड्नी कन्सर्टमा हातमा गिटार समातेर उत्रेका थिए। उनले उ जितेर गई या हारेर गईसहित वीर गोर्खाली लगायतका ७ गीत गाए।

कार्यक्रममा दर्शकहरुको निकै उत्साहपूर्ण सहभागीता थियो। एभरेष्ट कम्युनिकेशनले प्रायोजन गरेको कार्यक्रमलाई नेपाली टचले आयोजना गरेको हो ।