१५ चैत्र २०८०, बिहीबार
Follow Us

सेनाले बम निस्क्रिय तुल्यायो

नेपालब्रिटेन डट कम्
२० मंसिर २०७४, बुधबार ०७:५७

हेटौँडा : हेटौँडा उपमहानगरपालिका–८ कमानेस्थित औद्योगिक क्षेत्रदेखि राईगाउँ जाने सडकमा अज्ञात समूहले आज बिहान नै राखेको सुतली बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय तुल्याएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

भैंसेस्थित सुपारेटार ब्यारेकबाट आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निस्क्रिय बनाउँदा कुनै मानवीय र आर्थिक क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाका ३२४ मतदान केन्द्रमा कुनै अप्रिय घटना भएको छैन ।