१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कुन नेताले कसरी मतदान गरे (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२१ मंसिर २०७४, बिहीबार ०५:४६

ललितपुर जिल्लामा ठूला दलका सबै उम्मेदवारले आफूलाई भोट हालेका छन् ।

प्र्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवाको मतदाता नामावलीमा नाम आफू उम्मेदवार भएको क्षेत्र (प्रतिनिधिसभा र प्रदेशसभा) हुँदा आफैँलाई भोट हाल्न पाएका हुन् ।

संविधानसभा–२ मा आफैँलाई भोट हाल्न नपाउनुभएका नेपाली काँग्रेसका उम्मेदवार अर्थराज्यमन्त्री उदयशमशेर राणाले यसपटक भने आफूलाई भोट हाल्नुभएको छ । उहाँले बिहान बाग्मती गाउँपालिकामा पर्ने घुसेलको घुसेल माध्यमिक विद्यालय केन्द्रमा मतदान गर्नुभयो । उहाँले यसअघि कुपण्डोलमा मतदान गर्दै आउनुभएको थियो ।

वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका पूर्व डिआइजी नवराज सिलवालले गोदावरी नगरपालिका–३ मा रहेको किटिनी उच्च माध्यमिक केन्द्रमा बिहान ७ बजे मतदान गर्नुभयो ।

क्षेत्र नं ३ का दुई उम्मेदवारले एकै मतदानस्थलबाट मतदान गर्नुभएको छ । माओवादी केन्द्रकी प्रवक्तासमेत रहनुभएकी क्षेत्र नं ३ की वाम गठबन्धनकी उम्मेदवार पम्फा भुसाल र नेपाली काँग्रेसका उम्मेदवार मदनबहादुर अमात्यले राजतीर्थ (सामुदायिक भवन) बाट मतदान गर्नुभयो ।

प्रतिनिधिसभा क्षेत्र नं २ का काँग्रेस उम्मेदवार चन्द्र महर्जनले ललितपुर महानगरपालिका–४ मा रहेको भोलाढोका केन्द्रबाट मतदान गर्नुभएको छ । एमालेका उम्मेदवार कृष्णलाल महर्जनले च्यासलको श्रमिक शान्ति उच्च माविबाट मतदान गर्नुभएको छ ।

प्र्रदेशसभातर्फ क्षेत्र नं १ क का काँग्रेस उम्मेदवार मीनकृष्ण महर्जनले चापागाउँको बज्रबारही उच्च मावि केन्द्रबाट र एमालेका उम्मेदवार चेतनाथ सञ्जेलले चापागाउँकै वाणी विलास उच्च माविबाट मतदान गर्नुभएको छ । प्रदेश ख मा ऋषि घिमिरेले चन्दनपुरको कालेश्वरी माविमा र माओवादी केन्द्रकी लालकुमारी पुनले भारदेउको कालेश्वरी उच्च माविमा मतदान गर्नुभयो ।

क्षेत्र नं २ क र ख का उम्मदवार पवनविक्रम थापाल इमाडोलको महेन्द्रग्राम मावि र प्रेमकृष्ण महर्जनले मङ्काखल मतदान गर्नुभयो । एमालेका प्रदेशका उम्मेदवार माधव पौडेलले लामाटार वडा कार्यालय र ज्ञानेन्द्र शाक्यले महापालको बुबहालमा मतदान गर्नुभएको छ ।

प्रदेशसभा ३(क) मा काँग्रेसका नवराज महतले नखिपोटको खेल मैदान र शिवराम महर्जनले भैँसेपाटीको जनउदय माविमा मतदान गर्नुभयो । प्रदेशसभाका उम्मेदवार एमालेका जीवन खड्काले भैँसेपाटीको महिला भवन र माओवादी केन्द्रका राजकाजी महर्जनले सुनाकोठी वडा कार्यालयमा मतदान गर्नुभएको थियो ।

जिल्लामा तीन प्रतिनिधिसभा सदस्यका लागि ४७ जनाको र छ प्रदेशसभा सदस्यका लागि ६३ जनाको उम्मेदवार चुनावी मैदानमा छन् ।

पोखरा लेखनाथ महानगरपालिका–३३ भरतपोखरीस्थित शान्ति उदय मावि मतदान केन्द्रमा मतदान गर्दै नेकपा एमालेका नेता एवं कास्की क्षेत्र–२ प्रतिनिधिसभा सदस्य उम्मेदवार रविन्द्र अधिकारी । तस्बिर :वासुदेव पौडेल, पोखरा, रासस

 प्रतिनिधिसभा र प्रदेशसभाअन्तर्गत बिहीबार दोस्रो चरणमा भएको निर्वाचनमा तनहुँस्थित व्यास नगरपालिकाको सत्यवती मावि मतदान केन्द्रमा मतदान गर्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल । तस्वीर : सूर्यचन्द्र बस्नेत, रासस

नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा झापा क्षेत्र–३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौला क्षेत्र–१ को कलवलगुढी आधारभूत विद्यालयको मतदान केन्द्रबाट बिहीबार मतदान गर्दै । तस्बिर : यज्ञराज आङदेम्बे, दमक, रासस

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कञ्चनपुर–२ का प्रतिनिधीसभाका उम्मेदवार नारायणप्रकाश साउँद कञ्चनपुरको भीमदत्तनगरपालिका–२ स्थित सरस्वती उच्च मावि मतदान केन्द्रमा मतदान गर्दै । तस्बिर : शेरबहादुर सिंह, कञ्चनपुर, रासस

काठमाडौँ निर्वाचन क्षेत्र–५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा नकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले स्काइलार्क स्कूल मतदान केन्द्र धापासीबाट मतदान गर्दै । तस्बिर : सौजन्य–पोखरेलको सचिवालय, रासस
काठमाडौँ निर्वाचन क्षेत्र–५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा नकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले स्काइलार्क स्कूल मतदान केन्द्र धापासीबाट मतदान गर्दै । तस्बिर : सौजन्य–पोखरेलको सचिवालय, रासस
पोखरा लेखनाथ महानगरपालिका–३३ भरतपोखरीस्थित शान्ति उदय मावि मतदान केन्द्रमा मतदान गर्दै नेकपा एमालेका नेता एवं कास्की क्षेत्र–२ प्रतिनिधिसभा सदस्य उम्मेदवार रविन्द्र अधिकारी । तस्बिर :वासुदेव पौडेल, पोखरा, रासस
पोखरा लेखनाथ महानगरपालिका–३३ भरतपोखरीस्थित शान्ति उदय मावि मतदान केन्द्रमा मतदान गर्दै नेकपा एमालेका नेता एवं कास्की क्षेत्र–२ प्रतिनिधिसभा सदस्य उम्मेदवार रविन्द्र अधिकारी । तस्बिर :वासुदेव पौडेल, पोखरा, रासस
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले	बिहीबारको निर्वाचनमा डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित अशिग्राम मावि रुवाखोला मतदान केन्द्रमा मतदान गर्दै । तस्बिर : रोशन सापकोटा, रासस

प्रतिनिधिसभा र प्रदेशसभाको बिहीबारको निर्वाचनमा काठमाडौँ नेपाल युवक मावि पकनाजोलबाट मतदान गर्दै नेपाली काँग्रेसका नेता प्रकाशमान सिंंह । तस्बिर : प्रदीपराज वन्त, रासस

नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले मैतीदेवी मन्दिर मतदान केन्द्रमा मतदान गर्दै । तस्बिर : प्रदीपराज वन्त, रासस

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बिहीबार प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणमा भएको निर्वाचनामा भरतपुर महानगरपालिका–१४ शान्तिपुरस्थित आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गर्दै । तस्वीर : नारायण अधिकारी, चितवन, रासस