१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सर्लाहीमा चार राउण्ड हवाइ फायर

नेपालब्रिटेन डट कम्
२१ मंसिर २०७४, बिहीबार ०६:०६

सर्लाही– सर्लाहीको २ नं निर्वाचन क्षेत्र अन्तरगत कौडेना गाँउपालिका–२ जनता मावि मतदान स्थलमा कांग्रेस र राजपा कार्यकर्ताबीच झडप भएको छ । एक अपाङ्गता भएकी महिलाको मतदानका विषयमा विवाद हुँदा झडप भएको हो ।
झडप भएपछि सुरक्षाकर्मीद्धारा ४ राउण्ड हवाई फायर गरेको छ भने अहिले मतदान कार्य रोकिएको छ ।