७ बैशाख २०८१, शुक्रबार
Follow Us

लण्डनमा ७५ वर्षीय गोर्खा लुट्नेलाई ५ वर्ष जेल

नेपालब्रिटेन डट कम्
२१ मंसिर २०७४, बिहीबार ०७:४७

लण्डन । साउथ ईस्ट लण्डनको वीलवीचमा एक ७५ वर्षका भूपू गोर्खालाई लुट्ने २ जनालाई जेल सजाय भएको छ ।

पीडित बृद्ध गोर्खालाई उनकै घरसम्म पिछा गरे लुट्ने ३० वर्षीय जसपाल सिंहलाई ५ वर्ष र ३६ वर्षीया केली रोजर्सलाई ३ वर्षको जेल सजाय भएको द इभिनिंग स्टाण्डर्डले जनाएको छ ।

बृद्ध गोर्खाबाट केहि नगद, उनको परिचयपत्र र भगवान शिवको तस्बिर अकिंत सुनको तक्मा समेत रहेको वालेट उनीहरुले लुटेका थिए ।

पीडित वीलवीचको स्टेसन वेस्थित एक फल्याटमा बस्दै आएका थिए । बाहिरबाट फल्याट फर्किदै गरेका बृद्धलाई पीछा गर्दै गएर उनको फल्याटमा जाने लिफटमा पुगेपछि लुटेराहरुले लुटेका थिए । त्यसक्रममा लुटेराको आक्रमण हुंदा पीडितको हातमा चोट समेत लागेको थियो ।

प्रहरीले घटनाको सिसीटिभी फुटेज हेरेर लुटेराको पहिचान गरी फक्राउ गरेको थियो । उनीहरु बस्ने फ्ल्याटबाट लुटिएको सामान समेत बरामद गरिएको छ ।

लुटेराहरुमध्ये स्थानीय एबे रोडको लिटलमोर रोडमा बस्दै आएका सिंहले आफुमाथिको अभियोग अस्वीकार गर्दै अर्की अभियुक्तमाथि दोष थोपर्ने कोशिस गरेका थिए । तर अदालतमा एक हप्तासम्म चलेको ट्रायलपछि उनलाई ५ वर्षको जेल सजाय सुनाइएको थियो ।

३ वर्षको सजाय पाउने रोजर्सले भने अपराध स्वीकार गरकेी थिइन् ।

ग्रिनविच प्रहरीका अधिकारीले लुटेरालाई जेल सजाय भएपछि पीडित गोर्खा निकै खुशी भएको बताएका छन् ।

प्रहरीले आर्म्ड फोर्सेस च्यारिटीसंगको सहकार्यमा ग्रिनविचसहित अन्य क्षेत्रमा समेत अपराधीहरुलाई कानुनको कठघरामा ल्याउन गोर्खाहरुलाई आवश्यक पर्ने सबै सहयोग उपलब्ध गराउनका लागि काम गरिरहेको बताएको छ ।