१६ चैत्र २०८०, शुक्रबार
Follow Us

विश्व साइकिल यात्रीको अल्डरशटमा सम्मान

नेपालब्रिटेन डट कम्
२८ श्रावण २०७३, शुक्रबार १५:०२

अल्डरशट । ग्रेटर रशमूर नेपाली कम्युनिटीले संस्थाका अध्यक्ष ओम थापाको प्रत्यक्ष अगुवाइमा विश्व साइकिल यात्री द्वय लोक बन्धु कार्की र जनार्दन खनाललाई सम्मान एवं आर्थिक सहयोग गरेको छ ।

कार्यक्रममा साइकिल यात्री द्वयले यात्राको उदेश्य समाज, देश र विश्व शान्तिको संदेश एवं सगरमाथासंगको नेपाल अर्थात नेपालसंगको सगरमाथाको यथार्थताको अतिरिक्त गौतम बुद्ध नेपालमा जन्मेको सत्यलाई विश्व सामू छर्लंग पार्ने रहेको बताउदै उक्त लक्ष्य पूर्तिको लागि हालसम्म ११ बर्ष ८ महिना साइकिल यात्रा गर्दै १३० देशको भ्रमण गरिसकेको कुरा बताए।

स्थानिय भेटघाट रेष्टुरेन्टमा सम्पन्न उक्त कार्यक्रममा ग्रेटर रशमूर नेपाली कम्युनिटीका सल्लाहाकार, कार्यसमितिका सदस्यहरु र स्थानिय नेपाली समूदायका अतिरिक्त एन आर एन आइ सी सी सदस्य शुष्मा राइ, एन आर एन आइ सी सी ट्राफिक मेनेजमेन्ट टास्कफोर्सका संयोजक एवं जी आर एन सि का सल्लाहाकार थर्क शेन र एन आर एन यू के का महिला संयोजक सुशिला राइको बिशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा साइकिल यात्री द्वयको सम्मान, सहयोग र शुभकामनाका अतिरिक्त आ-आफ्नो स्तरबाट आर्थिक सहयोग दिनु हुने समस्त दाताहरुमा जी आर एन सि का तर्फबाट धन्यबाद दिदै भेटघाट रेष्टुरेन्टका प्रबन्धक एवं जी आर एन सि का सल्लाहाकार शेर सुनार र समस्त कर्मचारीहरु समेतमा धन्यबाद दिइएको थियो।