१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बेँसी सहरमा माइक्रो बस दुर्घटना; ५ घाइते ,२ गम्भीर

sarusaru
२२ मंसिर २०७४, शुक्रबार ०२:५३

बेंसीसहरमा बिहीबार साँझ माइक्रोबसले नियन्त्रण गुमाएर दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । २ जनाको अवस्था गम्भीर छ ।

बेंसीसहरको मुख्य सडक पुरानोबैंक चोकमा काठमाडौंबाट यात्रु बोकेर आउँदै गरेको बस ग१ख २४७६ दुर्घटना भएको हो । प्रहरीका अनुसार साँझ ६ बजेतिर दुर्घटना हुँदा चितवन भरतपुर महानगरपालिका-१७ की ममता गुरुङ र बेसीसहर ७ की ३० वर्षीया श्रीकुमारी गुरुङ गम्भीर घाइते भएका छन् । उनीहरुको लमजुङमा उपचार हुन नसकी पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको लागि लगिएको छ । बेसीसहर ७ की २० वर्षीया दिक्षा घले, चितवनकी ३१ वर्षीया अञ्जली घले र चितवनकै १९ वर्षीय रोशन घलेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट माइक्रो तीव्र रुपमा गुडेको र नियन्त्रण गुमाएपछि दुर्घटना भएको अनुमान गरिएको प्रहरीले बताएको छ

– कान्तिपुरबाट ।