१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बागलुङ १ मा एमालेको फराकिलो मतान्तर, डा.पाठक जितको निकट

नेपालब्रिटेन डट कम्
२२ मंसिर २०७४, शुक्रबार ०८:०६

बागलुङ– बागलुङमा बाम गठबन्धनले मतान्तर फराकिलो पार्दै लगको छ । बागलुङको दुई वटै प्रतिनिधि सभामा दुई हजार बढी मतले बाम गठबन्धनका उम्मेदवारले अग्रता बनाएका छन् ।

पछिल्लो परिणाम अनुसार प्रतिनिधि सभातर्फ बागलुङ क्षेत्र नम्बर १ मा एमालेका सूर्य पाठकले १६६६८ मत प्राप्त गरेका छन् । पाठकको पटक मानिएको बरेगं, अमलाचौर र वलेवा क्षेत्रको भोट गन्नु भन्दा अघिनै उनले मतान्तर फराकिलो पारे पछि जित सुनिश्चत भएको हो ।

कांग्रेस उम्मेदवार चम्पादेवी खड्काको १०७१२ मत छ । कांग्रेसका नरबहादुर पुन ‘निरज’ले ६८७४ ल्याएका छन् ।

क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका नेता देबेन्द्र पौडेल १०७४९ मतसहित अगाडि छन् ।

क्षेत्र नम्बर १ को प्रदेश क मा एमालेका इन्द्रलाल सापकोटाले ५०१२ मत ल्याएर अग्रता कायम गरेका छन् ।

कांग्रेसका दिपेन्द्र थापाले ३८६१ मत ल्याएका छन् । प्रदेश ख मा राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले ४७३२ मत र कांग्रेका प्रकाश शर्मा पौडेलले ३३५६ मत पाएका छन् ।

क्षेत्र नम्बर २ को क मा माओवादी केन्द्रका चन्द्र बुढा सागरले ४९९८ मत र कांग्रेसका मञ्जेश बम मल्लले ४४५० मत पाएका छन् । क्षेत्र नम्बर २ को प्रदेश ख मा राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीले ६५५३ मतसहित अग्रता कायम गरेका छन् भने कांग्रेसका जीत शेरचनले ४०६७ मतका साथ पछ्याइरहेका छन् ।