११ बैशाख २०८१, मंगलवार
Follow Us

बाग्लुङ-१ मा एमालेका सूर्य पाठक विजयी, कांग्रेस १३ हजार ४१ मतको अन्तरले पराजित

नेपालब्रिटेन डट कम्
२२ मंसिर २०७४, शुक्रबार १९:१५

बहालवाला राज्यमन्त्रीलाई हराउदै बागलुङ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभातर्फ साझा बाम उम्मेदवार नेकपा एमालेका युवा नेता डा. सुर्य पाठक फराकिलो अन्तरले विजयी भएका छन् । उनले ३३ हजार ६ सय ५७ मत लिएर विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । उनको प्रतिद्धन्द्धी नेपाली काग्रेसका चम्फादेवी खड्काले २० हजार ६ सय १६ मत प्राप्त गरेकी छिन । वहालवाला राज्यमन्त्री खड्का संगको मत्तान्तर १३ हजार ४१ रहेको छ ।
विजयी पाठक २०७० काे निर्वाचनमा साविक क्षेत्र नम्वर दुईमा पराजित भएका थिए भने खड्का २०७० मा विजयी अाफ्ना पति हरिबहादुर खड्काकाे निधनपछि बागलुङ एकमा भएको उपनिर्वाचनबाट सभासद भएकी थिइन । खड्का हाल सहकारी तथा गरिवी निवारण राज्यमन्त्री छिन।