१३ बैशाख २०८१, बिहीबार
Follow Us

सिरहा १ र २ मा काँग्रेसको अग्रता

नेपालब्रिटेन डट कम्
२२ मंसिर २०७४, शुक्रबार १९:२६

लहान । प्रारम्भिक मतगणनाअनुसार प्रतिनिधिसभा सदस्यतर्फ क्षेत्र नं १ र २ मा नेपाली काँग्रेसले अग्रता लिएको छ भने ३ र ४ मा वाम गठबन्धनले अग्रता लिएको छ ।

क्षेत्र नं १ मा काँग्रेसका प्रदीप गिरीले ५०४ मत ल्याएर अग्रता लिनुभएको छ भने वाम गठबन्धनबाट नेकपा (एमाले) का गंगाप्रसाद यादवले २९९ मत ल्याउनुभएको छ । क्षेत्र नं २ मा काँग्रेसका रामचन्द्र यादवले ७०८ मत ल्याएर अग्रता लिनुभएको छ भने वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का सुरेशचन्द्र दास यादवले ३४४ मत ल्याउनुभएको छ ।

क्षेत्र नं ३ मा वाम गठबन्धनका तर्फबाट एमालेका लीलानाथ श्रेष्ठले एक हजार २५३ मत ल्याएर अग्रता लिनुभएको छ भने काँग्रेसका अमर रेग्मीले एक हजार चार मत प्राप्त गर्नुभएको छ । क्षेत्र नं ४ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका अजयशंकर नायकले ९४३ मतसहित अग्रस्थान हुनुहुन्छ भने राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले ४९९ मत प्राप्त गर्नुभएको छ ।