४ बैशाख २०८१, मंगलवार
Follow Us

प्रधानमन्त्रीसँग इयु टोलीको भेट

नेपालब्रिटेन डट कम्
२२ मंसिर २०७४, शुक्रबार १९:२८

प्रधानमन्त्री शेरबहादुर देउवासँग युरोपेली सांसदका टोलीले आज भेटवार्ता गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ भएको भेटमा नेपालमा बिहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन र पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी भएको थियो ।

भेटका क्रममा टोलीका सांसदहरुले नेपालमा निर्वाचन सफलरुपमा सम्पन्न गराएकामा प्रधानमन्त्री देउवाको प्रशंसा गरेका थिए ।

प्रधानमन्त्री देउवाले इयुको टोलीले गरेको निर्वाचन पर्यवेक्षणका लागि धन्यवाद व्यक्त गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभयो । सांसद निना गिल सहितको टोलीले प्रधानमन्त्रीसँग भेट गरेको हो ।