७ बैशाख २०८१, शुक्रबार
Follow Us

बागलुङ प्रदेशसभामा राष्ट्रिय जनमोर्चा विजयी

नेपालब्रिटेन डट कम्
२२ मंसिर २०७४, शुक्रबार १९:३०

जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा (ख) मा साझा वाम उम्मेदवार राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती विजयी हुनुभएको छ ।

घर्तीले ११ हजार ८८४ मत प्राप्त गरी विजय हासिल गर्नुभएको हो । उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जित शेरचनले आठ हजार ६२४ मत प्राप्त गर्नुभएको छ ।

बाँकी दुई प्रतिनिधिसभा र तीन प्रदेशसभा निर्वाचन क्षेत्रमा पनि साझा वाम उम्मेदवारले फराकिलो मतसहित अग्रता हासिल गरेका छन् । सबै क्षेत्रको अन्तिम मत परिणाम भोलि बिहानसम्म आइसक्ने जनाइएको छ । जिल्लामा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चा गठबन्धन बनाएर चुनावी मैदानमा थिए । काँग्रेसले भने एक्लै चुनाव लडेको थियो ।
–––