१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन प्रमुख संरक्षकमा डा. उपेन्द्र महतो मनोनित, को को परे सल्लाहाकार?

नेपालब्रिटेन डट कम्
२२ मंसिर २०७४, शुक्रबार २०:३१

लण्डन । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको प्रमुख संरक्षकमा डा. उपेन्द्र महतो मनोनयन भएका छन् । संघको शुक्रवार बसेको बैठकले संस्थापक अध्यक्ष समेत रहेका महतोलाई सो पदमा मनोनयन गरेको हो । यसअघि सो पदका लागि निर्वतमान अध्यक्ष शेष घले समेत आकांक्षी थिए ।
बैठकले ११ जना हल्लाहाकार, कार्यसमितिको सदस्यमा मनोनय र ५१ जना रहेको अडिनरी काउन्सिल’ सदस्यमा मनोनयन गरिएको छ ।

संघको ११ सदस्यीय बिषयगत सल्लाहकार समितिमा युकेबाट माओवादी केन्द्र निकट सुरेन्द्र श्रेष्ठ र एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदका पूर्व प्रवक्ता डा. हेमराज शर्मा छन् । यस्तै नवनिर्वाचित सांसद डा. सूर्य पाठक, हरिवोल भण्डारी (अमेरिका), एफएनसीसीआई अध्यक्ष भवानी राणा, पत्रकार महासंघको अध्यक्ष गोविन्द आचार्य, शेर बहादुर केसी, जुगल भुर्तेल, रामेश्वर शाह, दिपक जोशी र महाविर पुनलाई सल्लाहाकार चयन गरिएको छ ।

एनआरएन यूकेका पूर्व महासचिव रामशरण सिम्खडा र एनआरएनए युके पूर्व आइसीसी सदस्य सुष्मा राई गैरआवासीय नेपाली संघ आइसीसी सदस्यमा मनोनित भएका हुन् ।

५१ जना रहने उक्त काउन्सिलमा युकेबाट ६ जना परेका छन् जसमा एनआरएनएए बेलायतका पूर्व अध्यक्ष सूर्य गुरुङ, पूर्व अध्यक्ष महेन्द्र कंडेल, चिरन्जिवी ढकाल, मोहन गुरुङ, विश्व आदर्श पण्डित र शरण केसी छन् ।

बैठकले बिभिन्न उपसमितिको संयोजक समेत टुंग्गो लगाएको छ । विद्यान समितिको संयोजकमा डा. हेमराज शर्मा, दोहोरो नागरिकता समितिको संयोजक रामप्रताप थापा, भाषा साहित्य समितिको संयोजकमा गोविन्द गौतम, टुरिजम प्रर्वधन समितिको संयोजकको जिम्मेवारी सोम सापकोटालाई दिइएको छ ।