१९ बैशाख २०८१, बुधबार
Follow Us

रसुवाको तीनवटै सिटमा लोकतान्त्रिक गठबन्धन विजयी

नेपालब्रिटेन डट कम्
२३ मंसिर २०७४, शनिबार ०२:२९

रसुवा– मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रसुवामा तीनवटै सिट लोकतान्त्रिक गठबन्धनले जितेका छन् ।
शनिबार बिहान सबै मत गणना गरिसक्दा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका मोहन आचार्य, प्रदेशसभा क तर्फ नेपाली कांग्रेसका प्रभात लामा र प्रदेशसभा ख तर्फ नयाँ शक्ति पार्टीका प्रेम तामाङ विजयी भएका हुन् ।
करिब ५ सयदेखि हजारसम्मको मतअन्तरले जित्ने दाबी गर्दै आएको भएपनि अन्तिम नतिजा अनुसार १३ सयदेखि ४ हजार मतको अन्तरमा विजयी भएका छन् ।
प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका मोहन आचार्यले प्रतिद्धन्द्धी जनार्दन ढकाललाई चार हजार एक सय ७५ मतले पराजित गरेका हुन् । आचार्यको १४ हजार चार सय ५३ मत र ढकालको १० हजार दुई सय ७८ मत आएको छ ।
प्रदेशसभा क तर्फ पनि नेकपा एमालेका कर्णेल लामालाई एक हजार ८ सय २४ मतले पराजित गर्दै नेपाली कांग्रेसका प्रभात लामा बिजयी भएका छन् । कांग्रेसका लामाको ६ हजार ९ सय ७६ र एमालेका लामाको ५ हजार एक सय ५२ मत आएको छ ।
त्यसैगरी, प्रदेशसभा ख तर्फबाट नयाँ शक्ति पार्टीका प्रेम तामाङ एक हजार तीन सय ४८ मतको साथ विजयी विजयी बनेका छन् । नयाँ शक्तिको तामाङको ७ हजार ४० र उहाँको प्रतिद्धन्दी नेकपा माओवादीका उम्मेदवार इन्द्र गौतम जगतजंगको ५ हजार ६ सय ९२ मत आएको छ ।