१५ चैत्र २०८०, बिहीबार
Follow Us

हङकङको सुन्दर प्रकृतिमा प्रकृति–हेमराज (फोटो फिचरसहित)

नेपालब्रिटेन डट कम्
२३ मंसिर २०७४, शनिबार ०७:१२

काठमाडौं । गायिका प्रकृति थलङले आफ्नो एउटा इच्छा पूरा गरेकी छन् । हालै हङकङको सुन्दर प्रकृतिसँग रमाएर फर्केकी प्रकृतिको एउटा इच्छा थियो, ‘हङकङको रमणीय प्रकृतिसँग रमाउँदै आफ्नो गीतको भिडियोमा मोडलिङ गर्ने ।’ उनले त्यही आफ्नो रुचि ‘यति मनराउँछु म’ गीतबाट पूरा गरेकी छन् ।
हो, ‘यति मनराउँछु म’ गीतको छायांकन यसै साता हङकङको विभिन्न सुन्दर स्थानहरुमा छायांकन गरिएको छ । सुरिलो स्वरकी धनी प्रकृतिले आफ्नो गीतको भिडियोमा मोडलिङ गरेपछि भनिन्, ‘मलाई मोडलिङमा सौख त छैन । तर, हङकङको रमणीय स्थलहरुमा आफ्नो गीतमा अभिनय गर्ने रुचि भने थियो ।’ त्यो रहर र इच्छा उनले हङकङमा आयोजित सांगीतिक कार्यक्रमको दौरानमा पूरा गरेकी हुन् ।
पहिलोपटक सांगीतिक कार्यmक्रकको सीलसिलामा हङकङ पुगेकी प्रकृतिका लागि यो यात्रा ‘पशुपतिको दर्शन सिद्राको व्यापार’ भनेजस्तै भएको छ । यसका प्रकृति खुसी छिन् । ‘कार्यक्रम पनि राम्रो भयो’ उनले भनिन्, ‘तैमाथि मेरो गीतको भिडियो बन्यो र मैले त्यहाँको सुन्दर दृश्यमा अभिनय गर्ने अवसर मिल्यो ।’
‘यति मनराउँछु म’ गीतको भिडियोलाई युगल पोमुले निर्देशन गरेका हुन् । जो केही समययता हङकङमै बस्दै आएका छन् । नेपालमा रहँदा म्युजिक भिडियो निर्देशनमा निकै व्यस्त रहेका युगल हङकङमा पनि भिडियो निर्माणमै सक्रिय छन् ।
prakriti (1)
लेकाली कान्छाको शब्दरचना र शंकर थापा ‘स्माइल’को संगीत रहेको ‘यति मनराउँछु म’ गीतमा प्रकृतिलाई स्वरमा रोमन लिम्बूले साथ दिएका छन् । भिडियोमा हङकङमै बस्दै आएका हेमराज अङछोङबो प्रकृतिसँग देखिनेछन् ।
हङकङमा रहेर पनि मोडलिङमा व्यस्त रहँदै आएका हेमराज र प्रकृतिको जोडी यस गीतमा निकै जमेको छ । उनीहरुलाई ललितपुरस्थित तेह्रथुमे ढाका बुटिकले तयार गरेको क्रियटिभ पहिरनमा देखिनेछन् । ज्याप स्टुडियोले खिचेको यस तस्बिरहरुमा पनि प्रकृति र हेमराज निकै खुलेका छन् । भिडियो यसै साता हेर्न पाइने गायिका तथा मोडल प्रकृतिले बताइन् । उनले आफ्नो अर्को गीतको पनि चाँडै भिडियो बन्ने बताइन् । उनका अनुसार ‘मेरो मुटु’ बोल गीतको भिडियो चाँडै निर्माण हुँदैछ । जसको पत्रकार एमपी सुब्बाले निर्देशन गर्ने भएका छन् । तर, त्यो भिडियो निर्माणभन्दा पहिलो ‘यति मनराउँछु म’ गीतको भिडियो सार्वजनिक गर्ने प्रकृतिले सुनाइन् ।
prakriti