८ बैशाख २०८१, शनिबार
Follow Us

बामपन्थीका मुख्य नेतालाई नै झड्का

sarusaru
२४ मंसिर २०७४, आईतवार ०२:५५

काठमाडौं । देशभर वाम गठबन्धन जितको उल्लासमा छ। तर एमाले उपाध्यक्ष वामदेव गौतम जो वाम गठबन्धनका एक प्रमुख सुत्रधार हुन् उनै यो जितको लहरमा छुट्ने देखिदै छ। वामदेवका लागि वर्दियाबाट जित निकाल्न हम्मे भैसकेको छ।

वामदेव दुई पार्टीको मिलनका सेतु हुन्। एमाले र माओवादीबीचको सम्बन्ध सेतु गौतमको हार वाम गठबन्धनका लागि पीडादायि हुने चर्चा सुरू भएको छ।
गौतमका लागि बर्दिया–१ मा झन्डै तीन हजार मतको घाटा पूर्ति गरेर जित निकाल्न अब गाह्रो छ। नेपाली कांग्रेसका उम्मेद्वार एवं सिंचाइमन्त्री सञ्जयकुमार गौतम वामदेवका लागि भारी बने।

कांग्रेसका सञ्जय गौतमले ३५६६९ मत पाउँदा वामका वामदेव गौतमले ३२८१० मत पाएका छन्। दुई गौतमबीचको मतअन्तर २८५९ छ। वामदेवका लागि अव कमब्याक गर्न निकै गार्हो रहेको एमाले नेताहरू बताउँछन्।

वाम गठबन्धनको जितको लहरमा वामदेव मिस हुँदा गठबन्धनका मुख्य दुबै धार एमाले र माओवादी पंक्तिमा खिन्नता स्वाभाविक हुनेछ। किनकि वामदेव दुई पार्टीको मिलनका सेतु हुन्। एमाले र माओवादीबीचको सम्बन्ध सेतु गौतमको हार वाम गठबन्धनका लागि पीडादायि हुने चर्चा सुरू भएको छ।

वम गठबन्धनको सरकारमा मुख्य भुमिकामा रहने चर्चा चुलिएका बेला वामदेवको हारले उनलाई सरकारमा गयल गर्नेछ। नयाँ संविधान पछिको पहिलो संसदमा वाम गठबन्धनका सुत्रधारको अनुपस्थिति घटक दुबै दललाई खड्किने छ।

– डिसी नेपालबाट ।