१४ बैशाख २०८१, शुक्रबार
Follow Us

स्वतन्त्र जितेका सबै एमालेका सांसद बन्ने

नेपालब्रिटेन डट कम्
२४ मंसिर २०७४, आईतवार ०८:४०

काठमाडौं । स्वतन्त्र उम्मेदवारीबाट प्रतिनिधिसभामा निर्वाचित तीनैजना सांसद एमालेको हुने भएका छन् । अहिलेसम्म तीनजनाले स्वतन्त्र हैसियतमा चुनाव जितेका छन् । हुम्लाबाट विजयी भएका छक्कबहादुर लामालाई माओवादीले कारबाही गरेको थियो । बागी उम्मेदवार दिएको भन्दै माओवादी केन्द्रले उनलाई कारबाही गरेको थियो । उनले नेपाली कांग्रेसका मंगलबहादुर शाहीलाई ४७ मतअन्तरले पराजित गरेका थिए ।
कपिलवस्तु क्षेत्र नं. २ बाट विजयी भएका वृजेशकुमार गुप्ता पनि एमालेकै सांसद बन्ने छन् । स्वतन्त्र हैसियतमा निर्वाचन लडे पनि गुप्ताले चुनाव चिन्ह सूर्य लिएका थिए । उनले नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्यलाई पराजित गरेका हुन् । गुप्ताले ३५ हजार १ सय ४७ मत पाउँदा आचार्यले ३१ हजार ५ सय ६६ मत पाए । गुप्ता सुरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीमा थिए । त्यसपछि तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) मा आबद्ध भए । तमलोपा राष्ट्रिय जनता पार्टीमा विलय भएपछि गुप्ता स्वतन्त्र हैसियतमा कपिलवस्तु–२ बाट निर्वाचन लडेका थिए ।
नवलपरासी पश्चिमबाट चुनाव जितेका हृदयस त्रिपाठीले पनि स्वतन्त्र तर सूर्य चुनाव चिन्ह लिएका थिए । उनी पनि एमालेकै सांसद बन्ने छन् । उनले नेपाली कांग्रेसका देवशंकर कलवारलाई पराजित गरेका हुन् ।