१५ बैशाख २०८१, शनिबार
Follow Us

उदयपुर १ मा काङ्ग्रेसका नारायण खड्का विजयी

sarusaru
२५ मंसिर २०७४, सोमबार ०४:०२

उदयपुर । सुरु देखि नै कडा प्रतिस्पर्धामा देखिएको उदयपुर १ मा नेपाली कांग्रेसका डा नारायण खडका विजयी भएका छन्।

उक्त क्षेत्रमा सुरुवात देखिनै कहिले एमाले उम्मेद्वार मन्जु चौधरी त कहिले काँग्रेस उम्मेद्वारले अग्रता लिदै आएका थिए। अन्तत एमालेका उम्मेद्वार चौधरीलाई हराउदै काँग्रेस उम्मेद्वार खड्का ५ सय ४८ मत अन्तले विजयी भएका हुन्।

विजयी भएका खड्काले ३३ हजार १ सय ४२ प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेकी चौधरीको पक्षमा ३२ हजार ५ सय ९४ मत छ।

२०७० सालको चुनावमा ३ क्षेत्र रहेको उदयपुरमा खड्का १ र चौधरी २ बाट विजयी भएका थिए। तर यो पटक उदयपुरमा २ वटा निर्वाचन क्षेत्र मात्र भएपछि चौधरी र खड्काको कडा प्रतिस्पर्धा देखिएको छ।

– डिसी नेपालबाट ।