१६ चैत्र २०८०, शुक्रबार
Follow Us

लमजुङमा पाँचहजार मत बदर

नेपालब्रिटेन डट कम्
२५ मंसिर २०७४, सोमबार ०८:२३

लमजुङ । मतदाता शिक्षा प्रभावकारी नहुँदा लमजुङमा करिब पाँच हजार मत बदर भएको पाइएको छ । प्रतिनिधि र प्रदेशसभा गरी चार हजार ९३७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार एक लाख १५ हजार ४४९ मत रहेको जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि मात्रै ७७ हजार १६४ मत खसेको थियो सोमध्ये दुई हजार ५८५ मत बदर भएको छ ।

यस्तै ५४ हजार ८९७ मतदाता रहेको प्रदेशसभा ‘क’ मा ३६ हजार ८७१ मत खसेको थियो भने एकहजार ४७४ मत बदर भएको थियो । यसैगरी ६० हजार ५५२ मत रहेको प्रदेशसभा ‘ख’ मा ४१ हजार २७२ मत खसेको थियो भने ८७८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

धेरै मात्रामा मत बदर हुनुमा जिल्लामा निर्धारित तालिका अनुसार मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न नसकेको जिल्ला निर्वाचन कार्यालयको दाबी छ ।