१४ बैशाख २०८१, शुक्रबार
Follow Us

९ स्थानको नतिजा आउन बाँकी, को अगाडि ?

नेपालब्रिटेन डट कम्
२५ मंसिर २०७४, सोमबार १३:५५

काठमाडौं । प्रतिनिधिसभा तर्फको ९ स्थानको नतिजा आउन बाँकी छ । सम्भवतः सम्पूर्ण नतिजा सार्वजनिक हुँदा शीर्ष स्थानमा रहेको नेकपा एमालेले ७९, दोस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ३६ स्थान र तेस्रो पोजिसनमा रहेको नेपाली कांग्रेसले २१ स्थान जित्ने छन् । १६५ स्थानका लागि निर्वाचन भएको थियो ।
संघीय समाजवादी फोरमले १० स्थान जितेको छ भने राष्ट्रिय जनता पार्टीले पनि अहिलेसम्म १० स्थान जितिसकेको छ । उसले अझै दुई स्थान जित्न सक्छ । राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति र नेपाल मजदुर किसान पार्टीले १–१ स्थानमा विजयी हासिल गरे । ३ जना स्वतन्त्र उम्मेदवार पनि विजयी भएका छन् । यी तीन स्वतन्त्रमध्ये दुईजनाले सूर्य चुनाव चिन्ह लिएर जितेका हुन् भने हुम्लाबाट विजयी भएका छक्कबहादुर लामा माओवादीबाट बागी उम्मेदवार बनेका थिए । उनीहरु तिनैजनाले एमालेलाई समर्थन गर्न सक्ने बताइएको छ ।
को–कसको नतिजा आउन बाँकी छ हेर्नुस् ।

सुनसरी ३ : (एमालेको अग्रता)
सर्लाही ४ : (राजपाको अग्रता)
सर्लाही १ : (एमालेको अग्रता)
स्याङ्जा १ : (एमालेको अग्रता)
स्याङ्जा २ : (एमालेको अग्रता)
अर्घाखाची १ : (माओवादीको अग्रता)
कैलाली १ : (राजपाको अग्रता)
कैलाली २ : (एमालेको अग्रता)
कन्चनपुर ३ : (एमालेको अग्रता)