१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेपाल र बेलायतबीच आर्थिक सम्बन्धबारे अन्तक्र्रिया

नेपालब्रिटेन डट कम्
२५ मंसिर २०७४, सोमबार १४:३५

काठमाडौं । बेलायतको लेबर पार्टीबाट संसदका उम्मेदवार बनेका डा. बच्चु कैलाश कैनीले नेपाल र बेलायतबीच ऐतिहासिक आर्थिक सम्बन्ध रहेको बताए । नेपाल ब्रिटेन चेम्बर अफ कमर्स एन्ड इन्ड्रस्टिजले सोमबार काठमाडौंमा आयोजना गरेको ‘नेपाल र बेलायतको आर्थिक सम्बन्ध’ बारे अन्तक्र्रियामा डा. कैनीले उक्त कुरा बताउनुभएको हो ।
बेलायतको नेशनल हेल्थ सर्भिसमा सेवा गरिरहेका डा. कैनीले विश्वको छैटौं ठूलो अर्थतन्त्र भएको मुलुक बेलायत र विकाशील मुलुक नेपालबीच आर्थिक विकासको प्रचुर सम्भावना रहेको बताए । आफू अर्थशास्त्री नभए पनि व्यवस्थापनसम्बन्धी प्रशस्त ज्ञान हासिल गरेकाले बेलायतबाट नेपालले प्रशस्त फाइदा लिन सक्ने डा. कैनीले बताए ।
बेलायतमा नागरिकले प्राप्त गर्ने स्वास्थ्य सुविधा, यसको व्यवस्थापनमा आउने चुनौति तथा राजनीति र व्यापार व्यवसायको सम्बन्धबारे डा. कैनीले अन्तक्र्रियामा बोलेका थिए ।
बेलायतमा आफ्नो राजनीतिक करियर, नेपाली मूलका विभिन्न संघ संस्थामा आबद्ध रहेर काम गरेको अनुभव अन्तक्र्रियामा डा. कैनीले सुनाए । नेपालमा आफूले सुरु गरेको गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको उदाहरण दिँदै डा. कैनीले भने, ‘सफल व्यवस्थापन हुनसक्यो भने जुनसुकै ठाउँमा पनि सफल हुन सकिन्छ ।’
नेपालको राजनीतिको विश्लेषण गर्दै स्थायी सरकार निर्माण भए देश समृद्धिको बाटोतर्फ अघि बढ्ने छ । जन्मभूमि फर्कदा नेपालको स्वास्थ्य क्षेत्रमा केही योगदान दिने गरेको उनले बताए । प्रविधि र सिप हस्तान्तरण नेपालका लागि महत्वपूर्ण भएकाले डिसेम्बर १५ र १६ मा डाक्टर र नर्सका लागि आफूले हेल्थकियर तालिम सञ्चालन गर्न लागेको उनले जानकारी दिए ।
नेपाल ब्रिटेन चेम्बर अफ कमर्स एन्ड इन्ड्रिटिजका अध्यक्ष राजेन्द्र खेतानले डा. कैनीले दिएको प्रवचनको समीक्षा गरेका थिए ।

2

 

3