१३ बैशाख २०८१, बिहीबार
Follow Us

कैलाली २ मा मुचुल्काभन्दा कम मत भेटिएपछि विवाद

sarusaru
२६ मंसिर २०७४, मंगलवार ०५:४८

मंसिर, धनगढी । कैलाली क्षेत्रनम्बर २ को मतगणना कार्य रोकिएको छ । मुचुल्कामा भन्दा कम मत मतपेटिकामा भेटिएपछि गणना कार्य रोकिएको हो ।

कोटातुल्सिपुर बुथको मतपेटिकामा मुचुल्कामा उल्लेख भएको भन्दा १०९ मत कम भेटिएर विवाद भएपछि गणना रोकिएको मुख्य निर्वाचन अधिकृत कार्यालय स्रोतले बतायो ।

कैलाली क्षेत्रनम्बर २ मा एमालेका झपटबहादुर रावल र कांग्रेसका मोहनसिंह राठौरबीच प्रतिस्पर्धा छ । एमाले उम्मेदवार रावल २ हजार भन्दा बढी मतअन्तरले अगाडि छन् ।

गणना रोकिएको अवस्थासम्म रावलको १३ हजार २८६ र राठौरको ११ हजार १८८ मत छ ।

– अनलाइन खबरबाट ।