७ बैशाख २०८१, शुक्रबार
Follow Us

बालिका कलात्कार गरेको आरोपमा एक जना पक्राउ

sarusaru
२६ मंसिर २०७४, मंगलवार ०६:४३

काठमाडौं, २६ मंसिर– काठमाडौं महानगरपालिका–६ बौद्ध डेरा गरी ओखलढुंगाकी ६ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।
दुईवटा अण्डा खान दिई ललाईफकाई आफ्नै डेरा कोठामा लगी जबरजस्ती करणी उद्योग गरेको अभियोगमा सोही ठाउँ डेरा गरी बस्ने ताप्लेजुङको ओलाङचुङगोला–५ का ४५ वर्षीय सन्तोष गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
स्थानीयको उजुरीपछि प्रहरीले सन्तोषलाई पक्राउ गरेको हो । प्रहरीले घटनाको थप अनुसन्धान थालिएको जनाएको छ ।
प्रहरीले बालिकाको स्वास्थ्य परीक्षण गरेर बलात्कार भएको पत्ता लागेको र थप अनुसन्धान थालिएको जनाएको छ ।