१६ चैत्र २०८०, शुक्रबार
Follow Us

न्युयोर्क विस्फोटका योजनाकार बङ्गाली युवा पक्राउ

नेपालब्रिटेन डट कम्
२६ मंसिर २०७४, मंगलवार ०९:५१

न्युयोर्क । न्युयोर्क सहरमा सोमबार बिहान भएको एउटा विष्फोटमा संलग्नहरुको खोजी गर्ने क्रममा प्रहरीले एकजना बङ्गलादेशी नागरिक पक्राउ गरेको समाचार छ । ती २७ वर्षीय बङ्गाली युवालाई प्रहरीले सो विस्फोटमा संलग्न भएको भरपर्दा प्रमाणका आधारमा पक्राउ गरी सोधपुछ गरिरहेको जानकारी मङ्गलबार दिइएको समाचारमा जनाइएको छ ।

पक्राउ परेका ती बङ्गालीको नाम अकायाद उल्लाह हो । उल्लाह बिगतका केही वर्षदेखि अमेरिका बस्दै आएको प्रहरीबाट प्राप्त भएको समाचारहरुमा खुलाइएको छ ।

अमेरिकामा बिगतका केही बर्षयतादेखि ट्याक्सी चालकको रुपमा काम गरिरहेका उनले आफ्नो शरीरमा बम बाँधेर हिँडेको प्रमाण नै प्रहरीले भेटेको जनाएको छ । आफ्नो शरीरमा बाँधिएको पाइप बम उनले नै विष्फोट गराएको प्रहरीले अनुसन्धानकाक्रममा खुलेको जनाएको छ । सोही बम पड्किएको र त्यसबाट उनी घाइते भएका थिए ।

सोही बमका छर्रा लागेर नै अरु तीनजनालाई पनि चोटपटक लागेको जानकारी सो अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । सोमबार बिहान भएको यस विस्फोटलाई आतङ्ककारी हमला भएको बताइएको छ । तर बम विस्फोटका कारण पनि बमको कम शक्तिका कारण मात्र थोरै क्षति भएको पनि एक आर्काे समाचरमा जनाइएको छ ।

न्युयोर्क सहरका मेयर बिल दे ब्लासियोले यस घटनालाई एउटा आतङ्ककारी हमलाको प्रयास भएको बताउनुभएको छ । उहाँले यसबाट ठूलो क्षति हुन नपाए पनि ठूलो क्षतिको योजनाबाट विस्फोट गराइएको बताउनुभब्एको छ ।

यसअघि पनि उक्त सहरको प्रहरीले यहाँको म्यानह्याटन बस टर्मिनलमा भएको विस्फोटको घटनाका सम्बन्धमा पनि एक युवालाई गिरफ्तार गरिएको बताएको थियो । न्युयोर्क सहरको टाइम्स स्क्वाएर नजिकै पोर्ट अथोरिटी बस टर्मिनलसँगै रहेको भूमिगत मार्गमासोमबार बिहान उक्त विस्फोटको घटना भएको प्रहरीले जानकारी दिएको छ ।

बम विस्फोटका विषयको पूरा विवरण भने प्राप्त भएको छैन । तर न्युयोर्क सहरका सुरक्षा अधिकारीहरुले ती संदिग्ध युवकले सो विस्फोटक पदार्थ साथैमा लिएर पोर्ट अथोरिटीतर्फ जाने क्रममा अथवा बम राख्न योजना गरिएको स्थानमा नपुग्दै र समयअगावै उक्त विस्फोटक पदार्थ पड्किएको हुनसक्ने जनाएका छन् ।

त्यसै कारणले क्षति हुन नपाएको बताइएको छ । उक्त विस्फोट लगत्तै नै ती व्यक्तिलाई गिरफ्तार गरिएको प्रहरीले जानकारी दिएको छ । उक्त बम पोर्ट अथोरिटी बस टर्मिनलमा नै विस्फोट गराउन लान लागिएको अनुमान गरिएको छ । उक्त टर्मीनल अमेरिकाकै सबैभन्दा ठूलो बस टर्मिनल हो ।