१५ बैशाख २०८१, शनिबार
Follow Us

आइएमई र मुथुत फाइनान्सबीच रेमिटेन्स सम्झौता

नेपालब्रिटेन डट कम्
२६ मंसिर २०७४, मंगलवार १३:४३

काठमाडौं । नेपालस्थित आइएमई लिमिटेडर इण्डियास्थित मुथुत फाइनान्सवीच रेमिटेन्स सम्झौताभएको छ । मुथुत फाइनान्सकातर्फबाट प्रमुख महाप्रवन्धक आर. के. बिजिमोन र आइएमई लिमिटेडका तर्फबाट प्रमुख संचालन अधिकृत खिलेन्द्र पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । गत आइतवार पानी पोखरीस्थित आइएमई केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, आइएमई लिमिटेडका प्रमुखकार्यकारी अधिकृत सुमन पोखरेल, मुथुतफाइनान्स इण्डो–नेपाल रेमिटेन्स प्रमुख अनिल कार्की र दुवै संस्थाका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो ।
सम्झौताअनुसार भारतमा रहेका नेपाली नागरिकले मुथुतफाइनान्सका ४ हजार ६ सय शाखाबाट नेपाल पैसा पठाउन सक्नु हुनेछ । यसरी पठाएको रकम नेपालमा रहेका ७ हजार १ सय भन्दाबढी आइएमई एजेन्ट आउटलेटबाट सजिलै भुक्तानी लिन सकिनेछ । नगद भुक्तानी सेवाका अतिरिक्त खातामा जम्मा गर्ने सुविधा पनि प्राप्त गर्न सकिनेछ । नेपालस्थित ग्लोबल आइएमई बैंक लिमिटेड र भारतस्थित आरबीएल बैंकयो सेवाका लागि बैंकिंग साझेदार संस्था हुने छन् ।
कार्यक्रममा संक्षिप्त मन्तब्य दिँदै आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले ‘आइएमई र मुथुतफाइनान्सको सहकार्यपछि भारतमा रहँदै आउनु भएका लाखौँ नेपालीहरुलाई सहजै नेपाल पैसा पठाउने ढोका खुल्ला भएको बताउनुभयो’ । प्रवन्ध निर्देशक हेमराज ढकालले नेपालको पहिलो र सबैभन्दा ठूलो रेमिटेन्स कम्पनी आइएमई र मुथुतफाइनान्सको सहकार्यले भारतबाट नेपालमा पैसा पठाउन सहजताथपेको बताउँदै इण्डो–नेपाल रेमिटेन्स सेवामा यो सम्झौताले थप विविधता ल्याउने विश्वास व्यक्त गर्नुभयो । सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै मुथुत फाइनान्सका प्रमुख महाप्रवन्धक बिजिमोनले नेपालको पहिलो र ठुलो रेमिटेन्स कम्पनी आइएमईसँगको सम्झौतापछि भारतमा रहेका करिब ५० लाख नेपालीहरुले आर्जन गरेको धन नेपालमा रहेका तिनका आफन्तलाई भुक्तान गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।