१५ चैत्र २०८०, बिहीबार
Follow Us

‘विशेष दूत’ मंगलबार बेइजिङ र दिल्ली जाने

नेपालब्रिटेन डट कम्
२९ श्रावण २०७३, शनिबार ०४:५५

काठमाडौं । उपप्रधानमन्त्री विमलेन्द्र निधि र कृष्णबहादुर महरा साउनभित्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दूतका रूपमा क्रमश: भारत र चीन जाने भएका छन् । सरकारले बिहीबार उपप्रधानमन्त्रीद्वयलाई विशेष दूतका रूपमा पठाउने निर्णय गरेसागै भारत र चीनसाग कूटनीतिक च्यानलमार्फत सम्पर्क अघि बढाइसकेको छ । दुवै उपप्रधानमन्त्री एउटै मितिमा भारत र चीन जाने तयारी भइरहेको छ ।

भारत र चीन दुवैले सरकारी निर्णयप्रति सकारात्मक ‘रेस्पोन्स’ गरेको प्रधानमन्त्री कार्यालय सम्बद्ध स्रोतले जनाएको छ । ‘उहााहरू साउनभित्रै जाने सम्भावना रहेको भन्ने सूचना आएको छ,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘एकैदिन दुवैतिर जाने गरी तयारी भएको छ, भारत र चीनले सरकारको निर्णयलाई स्वागत गरेका छन् र उच्चस्तरीय भेटवार्ताको आश्वासन दिएका छन् ।’ परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले पनि भ्रमणबारे तयारी भइरहेको बताए ।
भ्रमणबारे काठमाडौंस्थित भारत र चीनको दूतावासमार्फत सरकारले दुवै देशको उच्चस्तरीय नेतृत्वसाग सम्पर्क गरेको छ । चिनियाा राजदूत वु चुन्थाई र भारतीय राजदूत रणजित रायले सम्बद्ध मुलुक विशेष दूतलाई स्वागत गर्न प्रतीक्षारत रहेको प्रारम्भिक प्रतिक्रिया सरकारलाई दिएका छन् ।

कूटनीति सञ्चालनको लामो अनुभव भएको नेपालको इतिहासमा छिमेकी र अन्य मुलुकले अप्ठेरो परेको अवस्थामा विशेष दूत पठाउने अभ्यास छ । त्यही अभ्यासअनुसार प्रचण्ड नेतृत्वको सरकारले भारत र चीनमा उपप्रधानमन्त्रीद्वय निधि र महरालाई पठाउने निर्णय गरेको हो ।

सन् १९६२ मा भारत र चीन युद्ध हुनुअघि भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूले आफ्नो विशेष दूतका रूपमा नेपालका लागि पूर्वराजदूत भगवान सहाय (जो नयाादिल्लीको पहिलो उपराज्यपाल थिए) लाई पठाएका थिए । सन् १९६२ को युद्धपछि नेहरूले तत्कालीन विनाविभागीयमन्त्री (पछि प्रधानमन्त्री भएका) लालबहादुर शास्त्रीलाई विशेष दूतका रूपमा सन् १९६४ मा नेपाल पठाएका थिए ।
– शनिबार नयाँ पत्रिकामा प्रकाशित समाचार